site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो, ५१ जनाको मृत्यु

जनकपुर । प्रदेश २ मा कोरोना लागेर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । बिहीबार सप्तरीको राजविराज नगरपालिका-४ घर भएका २८ वर्षीय एक पुरुषको मृत्यु भएको छ । 

बिहीबारको घटनासमेत सप्तरीमा कोरोना लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रदेशमा सबैभन्दा बढी पर्सामा २४ जनाको मृत्यु भएको छ । मृतकको संख्या आधारमा धनुषा दोस्रो स्थानमा देखिएको छ । धनुषामा अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । 

बारामा छ जनाको मृत्यु भएको छ । रौतहटमा तीन र महोत्तरी तथा सिरहामा दुई जनाको दरले तथा सर्लाहीमा एक जनाको मृत्यु भएको छ । 

यस प्रदेशमा बिहीबार १८० जना नयाँ संक्रमित थपिएका छन् । धनुषामा धनुषामा २९, महोत्तरीमा १८, सिरहामा २५, बारामा ७, पर्सामा ५२, सर्लाहीमा २४, रौतहटमा ६ र सप्तरीमा १९ जनामा कोरोना संक्रमण भएको छ । यो समेत प्रदेशमा कुल संक्रमितको संख्या ८ हजार ६३ पुगेको छ । ती मध्ये तीन हजार ९ सय ८४ जना डिस्चार्ज भएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro