site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 प्रदेश २ मा थप २ को मृत्यु, मृतकको संख्या ४७ पुग्यो

जनकपुर । कोरोना भाइरसको संक्रमणबाट सोमबार प्रदेश २ मा थप दुई जनाको मृत्यु भएको छ । 

धनुषाको धनौजी गाउँपालिकामा घर भएका एक जना ६५ वर्षीय पुरुष र रौतहट जिल्लाको गौर नगरपालिका –२ घर भएका ३२ वर्षीय एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । 

सोमबार प्रदेश २ मा २११ जनामा कोरोना संक्रमण भएको छ । धनुषामा दुई जना महिलासमेत १७ जना, महोत्तरीमा दुई जना महिलासमेत १४ जना, सिरहामा एक जना महिलासमेत चार जना, बारामा २५ महिलासहित १०६ जना, पर्सामा सात महिलासमेत २७ जना, सर्लाहीमा तीन महिलासमेत १८ जना, रौतहटमा १० जना महिलासमेत १९ जना र सप्तरीमा तीन महिलासमेत छ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा कुल संक्रमितको संख्या सात हजार एक सय ७६ पुगेको छ । ती मध्ये सोमबारसम्म ४७ जनाको मृत्यु भएको छ भने तीन हजार सात सय ४२ जना डिस्चार्ज भएका छन् । सोमबार ५५ जना डिस्चार्ज भएका हुन् ।  

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro