site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा एकै दिन कोरोनाले ६ जनाको मृत्यु, थप १५१ संक्रमित

जनकपुर । प्रदेश २ मा बिहीबार मात्रै छ जनाको मृत्यु भएको छ भने एक सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । 

बिहीबार दिनभर धनुषाका दुईजना र बाराका चारजनाको मृत्यु भएको हो । धनुषाका एक जना ७० वर्षीय पुरुष र ६५ वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै, बाराका ३८, ५०, ६५ र ७८ वर्षीय पुरुषहरुको पनि मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै धनुषा र बारामा मृतकको संख्या समान छ पुगेको छ भने प्रदेशमा कुल मृतकको संख्या ३९ पुगेको मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । 

बिहीबार थपिएका नयाँ संक्रमितहरुमा धनुषामा चारजना महिलासहित २८ जना, महोत्तरीमा १० जना महिलासहित २३ जना, सिरहामा तीन जना पुरुष, बारामा पाँचजना महिलासहित २० जना, पर्सामा ११ जना महिलासहत ३९ जना, सर्लाहीमा एकजना महिलासहित पाँचजना, रौतहटमा पाँचजना महिलासहित २१ जना र सप्तरीमा एकजना महिलासहित १२ जनागरी कुल प्रदेश २ मा एक सय ५१ जना बिहीबार संक्रमित भएका छन् । 

यो समेत यस प्रदेशमा कुल संक्रमितको संख्या छ हजार चार सय २८ पुगेको छ । ती मध्ये तीनहजार पाँचसय जना निको भएको मन्त्रालयको तथ्यांकले देखाइरहेको छ । बिहीबार ५२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro