site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा थप २ जनाको मृत्यु, २६१ संक्रमित थपिए

जनकपुर । प्रदेश २ मा बुधबार कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । महोत्तरीको मटिहानी नगरपालिका -६ घर भएका ४५ वर्षीय पुरुष र सप्तरीको राजविराज -६ घर भएका ७२ वर्षीय अर्को पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । 

त्यस्तै, बुधबार यस प्रदेशमा २६१ जना संक्रमित थपिएका छन् । तीमध्ये धनुषामा पाँच जना महिलासहित ३९ जना, महोत्तरीमा तीन जना महिलासहित ४३ जना, सिरहामा एक महिलासहित २४ जना, बारामा दुई महिलासहित ३५ जना, पर्सामा चार जना पुरुष, सर्लाहीमा सात महिलासहित ४२ जना, रौतहटमा तीन महिलासहित २७ जना र सप्तरीमा ११ महिलासहित ४७ जना संक्रमित भएका छन् । 

प्रदेश २ मा बुधबारसम्म मृतकको संख्या ३३ जना पुगेको छ भने संक्रमितको संख्या ६७३ महिलासहित छ हजार २८९ जना पुगेको छ । तीमध्ये तीन हजार चार ४८ जना निको भएर अस्पतालबाट घर फर्केका छन् । बुधबार जम्मा १६ जना डिस्चार्ज भएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro