site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाले जनकपुरका पूर्वमेयरको मृत्यु 

जनकपुर । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार राति मृत्यु भएको छ । 

किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर काठमाडौं पुगेका उनलाई कोरोना संक्रमण भएको त्यहीँ पुष्टि भएको थियो । उपचारको क्रममा भैंसेपाटीस्थित मेडिसिटीमा भर्ना भएका उनको सोही अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । मृत्युपछि अन्त्येष्टिको लागि उनको शव नेपाली सेनाले जिम्मा लिएको थियो । 

जनकपुरको रामा होटलका सञ्चालकसमेत रहेका गिरीले केहीदिन अगाडि मात्र जनकपुरस्थित होटलको भवनमा रहेका करिब तीनदर्जन पसल घरको भाडा बन्दाबन्दी अवधिसम्म छुट गर्ने निर्णय गरेका थिए । उनी समाजमा सकेजति सहयोग गर्ने स्वभावका थिए । उनको मृत्युपछि जनकपुरमा शोक छाएको छ ।  गिरीका दुईजना छोरा सन्तोष र कुन्दन दुवै डाक्टर छन् । कान्छो कुन्दन अष्ट्रेलियामा छन् । सन्तोष नेपालमै छन् । 

गिरीले जनकपुरमा सञ्चालन गरेको रामा होटल पुरानोमध्येको एक हो । होटल सञ्चालनका क्रममा जनकपुरमा बसिरहेका गिरी परिवारको सहयोगमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर मावि स्थापना गरिएको हो ।  उक्त विद्यालयका संरक्षकको रुपमा अहिले पनि कृष्ण गिरीकै नाम उल्लेख छ । यीबाहेक अन्य क्षेत्रमा पनि सामाजिक सेवामा उनको सक्रियता सम्मानजनक रहेको उनका सहयोगी सुरेश महतो बताउँछन् ।  
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro