site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
नयाँ घरमा बस्नै पाएनन् राजन, मृतकका परिवार भन्छन्– भगवानप्रतिको आस्था कम भयो
SkywellSkywell

जनकपुरधाम । आँगनमा कसैले टेक्ने बित्तिकै उनी भक्कानिएर रुन्छिन् । रुँदारुँदै उनको घाँटी बसिसकेको छ । आवाज स्पष्ट आउँदैन । आँखा सुनिएर राता भएका छन् । 

कोही आउँदा ‘सासु ससुरा खोई ?’ भन्दै बिलौना गर्छिन् । र, छिनछिनमै मुर्छा पर्छिन् ।

उनी–प्रेम कुमारी, मंकरबहादुर तामाङकी बुहारी । 

Dabur Nepal
NIC Asia

मंकरबहादुरका छोरीद्वय कान्ती र शान्ति पनि अचेत छन् । बेलाबेला ओछ्यानबाट उठेर बरबराउँछन्, “बुबा आउनुभयो !” कान्छी छोरी कान्ती कुनै बेला हाँस्छिन्, कुनै बेला रुन्छिन् । होसमा छैनन्, उनीहरू । 

दुई दिनदेखि घरमा चुलो बलेको छैन । घरगाउँ शोकमा डुबेको छ ।  

भावविह्वल अवस्थामा छ, धनुषाको मिथिला नगरपालिका ११ लोटा टोलस्थित मंकरबहादुर तामाङको घर । मंकरबहादुर र उनकी श्रीमती सुकुमायासहित सातजना परिवारको विमान दुर्घटनामा निधन भएको पुष्टि भइसकेको छ । 

यो खबरले घरमा रहेका छोरी बुहारीको आँसु थामिसक्नु छैन । शरीर काबुमा छैन । 

मुक्तिनाथ तीर्थमा गएका बाबुआमा चढेको विमान बेपत्ता भएको खबर पाएपछि छोरा उत्तम आइतबार पोखरा पुगे । कान्छा छोरा सुरेश पनि काठमाडौंबाट पोखरा पुगेका छन् । माइलो छोरा रत्नभुष्ण कतारबाट स्वदेश फर्किने तयारीमा छन् । 

घरमा मृतक मंकरका छोरी र बुहारी नातिनातिनी र ज्वाइँ छन् । 

बुहारी प्रेम कुमारी भगवानप्रतिको आस्था गुमेको बताउँछिन् । “जसलाई भाकल गर्न बुबाआमा जानुभयो । उहाँले नै मृत्युको मुखमा पुर्‍याइदिनुभयो,” उनी भन्छिन्, “यो घटनाले भगवानप्रतिको आस्था कम भएको छ । भगवान निर्दयी हुन्छन् ।” 

ज्वाइँ मदन लामा पनि बोल्न सक्ने अवस्थामा छैनन् । गाउँका कोही आउने बित्तिकै एकान्तमा जान्छन् । घटना सम्झेर उनको पनि आँखा रसाउँछ । 

घटनाले छिमेकी सुरेश लामा निकै दुःखित छन् । “संसारमा केही रहेन छ । असल मान्छेको राम्रो त झनै भगवानले हेर्न सक्दैन,” उनले भने, “राजनले गाउँका धेरैले सहयोग गरेको थियो, कतिलाई रोजगारी पनि दिएको थियो ।”

गाउँका युवालाई गलत बाटोबाट सही बाटोमा डोर्‍याउने काम गरेको उनको भनाइ छ । वन जंगल र चुरे जोगाउन पनि उनको पहल सराहनीय रहेको उनी बताउँछन् ।  

मृतक मंकर अवकाश प्राप्त शिक्षक थिए ।

उनीहरू गएको फागुनमा मुक्तिनाथ तीर्थ जाने सोचेका थिए । पछि सबै परिवार एकैपटक जाने कुरा भएको थियो । सोहीअनुसार मंकर दाम्पती शुक्रबार काठमाडौं गएका थिए । उनका भान्जा राजन गोले काठमाडौंमै परिवारसहित बसिरहेका थिए । सबै जना शुक्रबार एकजुट भए । शनिबार मुक्तिनाथ जाने योजनाअनुसार पोखरा पुगे । 

राजन एक दशकदेखि सम्पूर्ण परिवारसहित काठमाडौंमै बसिरहेका छन् । गाउँमा घर तयार भएपछि आउने सोचेका थिए । गाउँमा सात कोठेसहितको दुई तले भवन निर्माणाधीन छ । घरको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

शनिबार भएको विमान दुर्घटनामा राजनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तमाङ, काका, पुरुषोत्तम गोले र काकी तुल्सा देवीको पनि मृत्यु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro