site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राई पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । शनिबार (वैशाख १३) बेलुका काठमाडौंको कपनबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य राई काठमाडौंकै कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणकी आरोपित हुन् । काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो । उनी ‘फरार’ थिइन् ।

फरार आरोपित राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उक्त कार्यालयको टोलीले सांसद राईलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्