
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो ।
तर कारागार स्रोतले दिएको जानकारीअनुसार अर्को पत्र कारागार पुगिसकेको छैन ।
“सर्वोच्चले अर्को पत्र पठाएको भए पनि हामीकहाँ आइपुगेको छैन,” कारागार स्रोतले भन्यो, “गलत छ छाडिदिनू भने हामी छाडिदिन्छौँ ।”
भर्खरै सर्वोच्चका एकजना अधिकारी र प्रहरी टोलीले सर्वोच्चको पत्र लिएर कारागार गएका छन् । मुद्दा महाशाखामा कार्यरत नासु ईश्वर उपाध्यायले सर्वोच्चको अर्को पत्र बोकेर कारागारतर्फ लागेका हुन् । उनीसँगै प्रहरीको टोली पनि गएको छ ।