
अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।
विज्ञप्ति जारी गर्दै महतोले अहिले तोकिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकाले उक्त महाधिवेशनमा आफ्नो संलग्नता नरहने स्पष्ट पारेका छन् ।
उनले गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन आग्रह गरेका छन् ।
“यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु,” उनले भने ।
उच्चस्तरीय समितिले आयोजना गर्न लागेको भनिएको यो एकताको महाधिवेसन नाम दिइए पनि यसका महत्वपूर्ण सदस्य तथा पूर्वअध्यक्षहरू उपेन्द्र महतो, जिवा लामिछाने, कुमार पन्त, भवन भट्टलगायत सदस्यहरु यस महाधिवेशनको पक्षमा छैनन् ।