site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथा आधार शिविरमा बनेको ‘टेन्ट सिटी’

काठमाडौं । सगरमाथा, लोहोत्से र नुप्त्से हिमाल आरोहणको अनुमति लिएका संसारका आरोहीहरुको जमघटले सगरमाथा आधार शिविर रंगीचंगी र सुन्दर देखिएको छ ।  २०२५ मार्च पहिलो सातादेखि नै बेस क्याम्प पुगेर सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी) अन्तर्गतको आइसफल डाक्टर टीमले काम सुरु गरिसकेको थियो । 

एसपीसीसीले सगरमाथा आधार शिविरबाट क्याम्प २ सम्म खुम्बु आइसफलको बाटो बनाउन डोरी टाँग्ने, भर्‍याङ फिक्स गर्ने र मर्मत गर्ने कार्य गर्दछन् ।  आइसफल डाक्टरहरु सबैभन्दा पहिलो आधारशिविर पुग्छन् र सबैभन्दा पछि फर्कन्छन् । 

उनीहरुले सबै टोली फिर्ता भइसकेपछि आधार शिविरको सम्पूर्ण सरसफाइ कार्य गर्दछन् ।  एसपीसीसीले विगत ३ दशकदेखि सगरमाथा र आसपासको क्षेत्रलाई स्वस्थ, सफा र आकर्षक बनाउन विभिन्न जिम्मेवारी लिँदै आएको छ । 

अहिले यहाँ मुख्य चुनौती मानिने आइसफलको बाटो बनाउने कार्य कार्य सम्पन्न भइसकेको छ । नियमित रुपमा आइसफलमा जाने, बाटो बिग्रेको ठाउँमा मर्मत गर्ने र सहज बनाउने कार्य नियमित भइरहेको छ । 

छुट्टै टोलीले क्याम्प तीनदेखि माथि, क्याम्पस चारसम्मको बाटोमा डोरी टाँग्ने कार्य पनि सुुरु भइसकेको छ । 

basecamp-(28)-1745983332.jpg
 

छिट्टै नै आरोहीहरुको एउटा टोलीले ८००० मिटर माथि, चौथो क्याम्प भन्दा माथिदेखि सगरमाथा शिखरसम्मको बाटो तयार गर्नेछन् । यसपटक मे १० देखि आरोहणको ढोका खुल्ने विश्वास गरिएको छ । 

आधार शिविरमा आरोहीहरु धमाधम आउने क्रम जारी छ । कोही बीच बाटोमा आइरहेका छन् ।  यहाँ आएकाहरुले आफ्नो नियमित ट्रेनिङ र अन्य तयारीहरु गरिरहेका छन् । काठमाडौंबाट बिदा भएर लुक्लाबाट अगाडि बढ्दै गरेका छन् । 

basecamp-(25)-1745983330.jpg
 

आधार शिविर मनमोहक देखिन्छ । यसपाली यहाँ राम्रै हिमपात भएको छ । २७ तारिखको दिन, आइतबार परेको हिमपातले पनि बेसक्याम्पलाई थप आकर्षक बनाएको थियो । थप तस्बिरका लागि

basecamp-(20)-1745983328.jpg

basecamp-(24)-1745983328.jpg

basecamp-(2)-1745983448.jpg
 

basecamp-(5)-1745983450.jpg

basecamp-(4)-1745983448.jpg


तस्बिर सौजन्यः सुरज पौडेल, एसपीसीसी

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ०९:१०
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्