site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मधेसमा किन पटकपटक थुनुवा फरार भइरहेका छन् ?
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेशमा प्रहरीको नियन्त्रणबाट थुनुवा फरार हुने घटना दोहोरिरहेका छन् । तीन महिनाभित्रै प्रहरीलाई छलेर धनुषा र महोत्तरीमा तीनपटक थुनुवा फरार भएका छन् ।

यी दुई जिल्लाबाट तीनपटकमा आठ थुनुवा फरार भएका थिए । जसमध्ये ६ जनालाई प्रहरीले फेरि पक्राउ गर्न सफल भएको छ भने दुईजना अझै फरार छन् ।

तर, पटक–पटक प्रहरीको नियन्त्रणमा रहेका थुनुवा फरार भइरहँदा यसबारे ठोस अनुसन्धान हुन सकेको छैन । प्रहरीको अनुसन्धान पनि औपचारिकतामा मात्रै सीमित हुने गरेको जानकार बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना अभियुक्तमध्ये पाँचजनालाई प्रहरीले पक्राउ गरे पनि सोही घटनाका २५ वर्षीय रोशन यादव अझै पक्राउ परेका छैनन् । उनी फरार भएको साढे दुई महिना बित्दै छ । 

धनुषा प्रहरीले रोशन भागेर देशबाहिर गएकाले उनलाई पक्राउ गर्न नसकिएको बताएको छ । "हामीहरू सम्भावित देशका प्रहरीहरूसँग समन्वय गर्दै छौँ," धनुषाका एसपी विश्वराज खड्काले भने, "अनुसन्धान नजिक पुगेपनि उनी पटक–पटक ठाउँ परिर्वतन गरी बसोबास गरिरहेकाले हामीले पक्राउ गर्न सकेका छैनौँ ।"

Global Ime bank

प्रहरीले कैदीमाथि विश्वास गर्दा यसप्रकारका घटना हुने गरेको उनको बुझाइ छ । 

यस्तै, उपचारको बाहना बनाएर अस्पतालबाट गत शुक्रबार फरार भएका लोहरपट्टि नगरपालिका–९ खुट्टापिपराढीका कृष्णा यादवलाई पनि प्रहरीले फेला पार्न सकेको छैनन् । महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका उनी जनकपुरधामको आर्या हस्पिटलको शौचालयको झ्याल फोडेर फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त उनी गत भदौ २५ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए । प्रहरीमाथि यस घटनामा धेरै प्रश्न उठिरहेको छ । थुनुवालाई सरकारी अस्पतालमा नलगेर नीजिमा लग्दा प्रहरीमाथि शंका गरिएको छ । तर प्रहरीमाथि शंका गर्नुपर्ने ठाउँ नरहेको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले बताए । फरार भएका अभियुक्तको तीव्र रूपमा खोजी भइरहेको र एक साताभित्रै पक्राउ गर्ने उनले बताए । 

यसअघि इलाका प्रहरी कार्यालय सबैलाको प्रहरी भ्यानबाट पनि एकजना अभियुक्त फरार भएका थिए । प्रहरीले दुई दिनभित्रै बलात्कार मुद्दाका आरोपित सबैला नगरपालिका–१३ किरतपुरका राजाबाबु मुखियालाई पक्राउ गरेको थियो ।

तर, प्रहरी भ्यानबाट हथकडीसहित थुनुवा कसरी फरार भएको भन्ने विषयमा प्रहरी मौन छ । सोही दिन इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक बिदामा रहेको बुझिएको छ । उनको अनुपस्थितिमा थुनुवा फरार भएपछि ‘सेटिङ’मै भगाइएको हुन सक्ने कतिपयको शंका छ । 

मधेस प्रदेश प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले प्रहरीको कमजोरीकै कारण थुनुवा फरार हुने गरेको स्वीकार गरे । तर, प्रहरीले जानीजानी नभगाएको उनको दाबी छ ।

"प्रहरीलाई छलेर उनीहरू भागिरहेका छन् । प्रहरीको लापरबाही देखिएपनि भगाउने नियत हुँदैन," उनले भने ।

तर पनि फरार हुने ठाउँमा जिम्मेवारी पाएका प्रहरी विभागिय कारबाहीमा परिरहेको उनले बताए । 

आफूहरूबाट भइरहेको असावधानीको विषयमा गम्भीर भएको र अगामी दिनमा यस्ता घटना हुन नदिन ठोस कदम लिने उनले बताए । स्रोतसाधान अभावले गर्दा पनि यस्ता घटना हुने गरेको उनको जिकिर छ । दरबन्दीभन्दा कम प्रहरी रहेको र भएकैसँग प्रयाप्त स्रोतसाधन नरहेको उनको भनाइ छ । 

"हामीले फरार भएकाहरूलाई विभिन्न कोण र उपकरण प्रयोग गरि खोजिरहेका छौँ," उनले भने, "नेपालभित्र छ भने चाँडै फरार कैदी प्रहरी नियन्त्रणमा आउँछ । नभए हामी भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेका छौँ ।"
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC