site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेवाले जित्यो एनआरएनए कप फुटबल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया युथ फोरमको आयोजनामा सम्पन्न एनआरएनए कप सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि फेवा फुटबल क्लबले जितेको छ ।

निकै प्रतिस्पर्धात्मक फाइनलमा सेन्टजर्ज नेप्लिज फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फेवाले उपाधि आफ्नो पोल्टामा पारेको हो । फाइनलमा दुवै टिमले निर्धारित समयसम्म गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा समेत कडा टक्करबीच फेवाले ६–५ ले बाजी मारेको हो ।

२४ टिमको सहभागिता रहेको प्रतियोगितामा फेवा फुटबल क्लबले उपाधिसँगै चार हजार अष्ट्रेलियन डलर ट्रफी पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सेन्टजर्ज नेप्लिज फुटबल क्लबले दुई हजार डलरमा चित्त बुझाएको छ ।

आयोजक एनआरएनए युथ फोरमका संयोजक सुमन बोहराले खेलको माध्यमबाट युवाहरूलाई एकताको सुत्रमा बाँध्ने र आपसी भाइचारा अभिवृद्धिको सन्देश बोकेर प्रतियोगिता आयोजना गरिएको बताए ।

समापन समारोहमा विजयी खेलाडीहरूलाई एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतका पदाधिकारीले पदक तथा प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा मुख्य प्रायोजक फोर नेसन्स इन्टरनेसनलका निर्देशक  कोमल पाठक, एनआरएनए एनएसडब्लूका संयोजक विनोद कुँवर, सचिव कल्याण खड्का, गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष राजीव प्रधान, अष्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन (एन्फा)का अध्यक्ष विजय क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro