site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा नेपालको सुगन्ध बाँड्दैछन् राजेश केसी

सिड्नी । कुनै पनि देशको साहित्य, संगीत र कलाले देशको सांस्कृतिक समृद्धि झल्काउँछ भने परिकारका विविधताले देशको जीवनस्तरको समृृद्धि देखाउँछ संसारभर ।

प्राकृतिक सुन्दता, जातीय विविधता र अतिथि सत्कारको देश भनी चिनिएको नेपाल यतिबेला स्वाद विविधताको देशको पहिचान बनाउँदै छ ।

करिब दुई दशक अस्ट्रेलियामा बसेर सामाजिक सेवामा समर्पित पोखराका राजेश केसी नेपाली स्वादलाई विश्वमा चिनाउने हुटहुटीमा छन् । 

गैरआवासीय नेपाली संघ अस्ट्रेलियालगायतका संघ/संस्थामा आवद्ध राजेश यतिबेला ‘फ्लेभर्स अफ नेपाल’ अर्थात् नेपालको सुगन्ध नामक रेस्टुरेन्टमार्फत सिड्नीको ग्रानभिलमा नेपाली स्वाद पस्कन ब्यस्त छन् ।

सन २००६ तिर विद्यार्थी भिसामा उच्च अध्ययन गर्न कास्कीको पोखरावाट अस्ट्रेलिया आइपुगेका राजेशले अध्ययनसँंगै पाक–शिक्षाको पनि अध्ययन र अनुभव गर्ने मौका पाए । आर्थिक जोहोका लागि सुरु गरेको पाक शिक्षाको अनुभव उनका लागि कालान्तरमा व्यवसायको पाटो बनेको छ । 

राजेशले पढाइ र अनुभवसँंगै २०१८ मा अस्ट्रेलियनहरूको बाुहल्यता रहेको मोसमन क्षेत्रमा फिस्टेल रेस्टुरेन्ट प्रारम्भ गरे ।  पोखरामा जन्मिएका राजेशलाई माछापुच्छ्रेको मायाले फिस्टेल जन्मिएको थियो । 

सन् २०१८ देखि २०२२ सम्म राजेशले फिस्टेल चलाएर अस्ट्रेलियनहरूलाई नेपाली स्वाद मात्र नभइ पोखराको पनि सम्झना गराइरहे ।

नेपाल घुमेका अजी (अस्ट्रेलियन नागरिक) हरू राजेशका नियमित ग्राहक थिए र नेपाली स्वादका पारखी पनि । राजेश सम्झन्छन्, शुक्रबार र शनिबार बुकिङ गरेर आउने अस्ट्रेलियनहरू नेपाल र नेपालीबारे गफ्फिन रुचाउँथे । 
नेपालीको अतिथि सत्कारबारे खुलेर तारिफ गर्थे । अनि ढिडो र गुन्द्रुकबारे चर्चा गर्थे । 

यसरी चार वर्ष अस्ट्रेलियनहरूको बाहुल्यता भएको क्षेत्रमा फिस्टेल चलाएका राजेशले २०२२ को अन्ततिर नेपालीहरूको बाक्लो बस्ती भएको ग्रानभिल क्षेत्रमा नयाँ व्यवसाय प्रारम्भ गरे ।  ‘फ्लेभर्स अफ नेपाल’ अर्थात् नेपालको सुगन्ध नाममा दुई वर्षदेखि सञ्चालन गरेको उनको यो व्यवसाय यतिखेर यो क्षेत्रमा लोकप्रिय बनेको छ ।

यस क्षेत्रका स्थानीय मात्र हैन, भारतीय, पाकिस्तानी र बंगालीका लागि नेपाली स्वाद रोजाइमा परेको छ ।  अस्ट्रेलियामा प्रारम्भका दिनमा मम र चाउमिन बेच्दा स्थानीयहरू डम्लिङ भन्ने गर्थे । तर मम नेपाली खानाका रुपमा परिचित छ । 

दाल भात, ढिंडो र बारा, सेकुवालगायतका कैयन नेपाली खानाहरू यतिबेला विदेशीको रोजाइमा परेका छन् ।

“नेपाली स्वाद पस्कन पाउँदा खुसी लाग्छ,” राजेश आफनो व्यवसायबारेमा बताउँछन् । 

श्रीमती अनिता थापा र दुई छोरी अनि एक छोराका साथ सिड्नीको मेरिल्यान्ड क्षेत्रमा बसोबास गर्दै आएका राजेश टिपीकल नेपाली खाना मात्रै बेच्न रुचाउँछन् ।  त्यसो त, नेपाली अनि भारतीय स्वाद पस्कने अरु पनि धेरै छन् । तर आफ्नै माटोका परिकार विदेशमा चिनाउने उनको प्रमुख उद्देश्य हो ।

पोखरा समाज, अस्ट्रेलिया, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष समेत रहेका राजेश केसी अतिथि सत्कारका सवालमा स्वादको सवालमा पनि यतिबेला अस्ट्रेलियामा नेपालीपनले बढावा पाउँदै आएको बताउँछन् ।

राजेश भन्छन्, “यो हाम्रो ब्रेड एन्ड बटरको व्यवसाय हो । तर यसबाट हामीले विदेशमा नेपाली स्वाद पस्कने र चिनाउने काम पनि गरेका छौँ, यसले केही सन्तुष्टि भने मिलेको छ । नेपाली मन र तनलाई उजिल्याउने अभियानमा समेत फ्लेभर्स अरुभन्दा एक कदम अगाडि देखिएको छ ।” 

नेपालबाट आउने कलाकार हुन् या खेलाडी वा राजनीतिज्ञ । उनी सम्मान र सहानुभूतिका लागि अगाडि सरिहाल्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro