site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने, सबै कर्मचारी हटाउने

काठमाडौं । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  अनुदान सहयोग परियोजना अमेरिकाले बन्द गर्ने भएको छ । एलन मस्कको सरकारी कार्यक्षमता विभागले संघीय खर्च घटाउने प्रयासको अन्तर्गत यो कदम चालिएको हो भन्ने स्रोतहरूले सीएनएनलाई जानकारी दिएका छन् ।

मंगलवारमा एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिएको थियो । यो सूचना सरकारी कार्यक्षमता विभाग (डोज) ले एमसीसीमा नियन्त्रण गर्न सुरु गरेको एक हप्तापछि मात्र आएको हो ।

एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ । 

एमसीसी परियोजना नेपालमा पनि भर्खरै सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित परियोजनाको भविष्य के हुन्छ भन्ने बारेमा अझै आधिकारिक जानकारी गराइएको छैन । पोलिटिको अनलाइनले यसलाई ट्रम्प प्रशासन र डोज को अमेरिकाको विदेशी सहयोग कार्यक्रममाथि भएको नयाँ प्रहार बताएको छ । यसअघि यूएसएआईडी माथि प्रहार गरेको थियो ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धि प्रवर्धन गर्न विदेशी सहयोग दिइरहेको थियो ।

अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रहेको एमसीसीसँग हाल २० वटा निम्न आय भएका देशहरूमा ५.४ अर्ब डलरको अनुदान मार्फत विभिन्न  परियोजनाहरू कार्यान्वयन चरणमा थिए । 

अमेरिकी कांग्रेसले सन् २००४ मा जर्ज डब्ल्यू बुश प्रशासनको पालामा स्थापना भएको एमसीसीलाई विश्वकै सबैभन्दा पारदर्शी द्विपक्षीय एजेन्सीको रूपमा मूल्याङ्कन गरिएको पोलिटिको अनलाइनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro