site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । सोमबार (वैशाख १५) निर्वाचन समितिले महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो ।

थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ ।

Argakhachi Cement Island Ad

सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ (मे ३–५, २०२५) गते काठमाडौंमा महाधिवेशनमार्फत नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद्)को चुनाव गर्न वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती र सेवानिवृत्त मेजर डमर घले सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । अधिवक्ता लेखतबहादुर खड्काले समितिको सदस्यसचिवका रूपमा काम गरिरहेका छन् ।

उच्चस्तरीय समितिले एकता महाधिवेशनका निम्ति प्रतिनिधि (डेलिगेट) बन्न झन्डै ३२ सयजनाको आवेदन परेको जनाएको छ । प्राप्त आवेदनको छानबिन गरी प्रमाणीकरण गर्ने कार्य भइरहेको पनि समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रकाशन गरेको प्रथम मतदाता नामावलीको सूची हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्