site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क
SkywellSkywell

काठमाडौं । आइतबारबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो । 

डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।

KFC Island Ad
NIC Asia

बैंकर्स संघले आइतबारबाट डिजिटल कारोबामा शुल्क नलिने निर्णय गर्र्दै कामु गभर्नरसँग भेटेको थियो । बैंकर्स संघले डिजिटल भुक्तानी तथा अन्तर बैंक एटीएम सेवालाई पनि निःशुल्क गर्ने निर्णय गरेको हो ।
ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

Royal Enfield Island Ad

अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण अनलाइन बैंकिङ कारोबार निःशुल्क गर्ने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro