site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अबदेखि ट्विटरमा सेयर र क्रिप्टोकरेन्सीको कारोबार गर्न मिल्ने

काठमाडौं । ट्विटरले आफ्ना प्रयोगकर्ताहरूलाई सोसल ट्रेडिङ कम्पनी ईटोरोसँग साझेदारी गर्दै स्टक, क्रिप्टोकरेन्सी र अन्य वित्तीय सम्पत्तिहरूमा पहुँच गर्न दिने भएको छ ।

बिहीबारदेखि ट्विटरमा नयाँ फिचर थपिने र त्यसबाट बजारको चार्टहरू हेर्न सकिने, बृहत वित्तीय उपकरणका साथै ईटोरो हुँदै स्टक र अन्य सम्पत्ति खरिद एवं बिक्री गर्न सकिने भएको हो ।

हाल ट्रेडिङ भ्यूबाट यस किसिमको तथ्यांक हेर्न मिल्छ । यसका लागि ट्विटरमा क्यासट्याग नामक नयाँ फिचर उपलब्ध हुने भएको हो । यसमा गएर प्रयोगकर्ताले कुनै पनि कम्पनीको सिम्बोल टाइप गरी त्यसको अगाडि डलरको संकेत टाइपगरेपछि उक्त सेयरको सम्पूर्ण विवरण हेर्न सकिनेछ ।

यसका लागि ट्विटरले ट्रेडिङ भ्यूकै डाटा एपीआईमार्फत देखाउने भएको हो । ईटोरोसँगको सहकार्यमा थप कुराहरू अझै विस्तार हुने यसका प्रवक्ताले बताएका छन् ।

Global Ime bank

त्यसमा भ्यूअन ईटोरो भन्ने अप्सन पनि रहनेछ । जसमा क्लिक गर्‍यो भने ईटोरोको वेबसाइटमा पुगेर ट्रेडिङ गर्न सकिनेछ । ईटोरोका सीईओ योनी एसियाले ट्विटरमा आफ्ना प्रयोगकर्ताहरू बढी सक्रिय रहेको बताएका छन् । सन् २००७ मा इजरायलमा स्थापना भएको ईटोरोका युरोप, एसिया र संयुक्त राज्य अमेरिकामा गरी तीन करोड २० लाखभन्दा बढी दर्ता प्रयोगकर्ताहरू रहेको बताइएको छ ।

अनलाइनबाट विभिन्न कम्पनीको सेयर, क्रिप्टोकरेन्सी र इन्डेक्स फन्ड खरिद बिक्री गर्न सकिने ईटोरोको सबैभन्दा लोकप्रिय सुविधाहरू मध्ये एक अरूले गरेको ट्रेडिङको नक्कल गर्न सकिने सुविधा हो ।

४४ अर्ब अमेरिकी डलरमा एलन मस्कले कम्पनी खरिद गरेयता ट्विटरको यो सबैभन्दा ठूलो र महत्त्वपूर्ण व्यापारिक सम्झौता हो । मस्कले हिजो मात्रै बीबीसीसँगको अन्तर्वार्तामा कम्पनीबारे विभिन्न कुराहरू खुलाएका थिए । ट्विटरलाई सबै कुरा एउटैमा गर्न सकिने सुपर एप एक्सका रूपमा विकास गर्नेतर्फ मस्क अघि बढेको टिकाटिप्पणीहरू हुन थालेका छन् ।

सीएनबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu