site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको बयान– नरेन्द्र मोदी र योगी आदित्यनाथसँग कुरा गरेको बाहेक अरू प्रमाण भेट्दैनौ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं गएको मंगलबारदेखि नेपाल प्रहरीको साइबर ब्युरोको थुनामा छन् । प्रसाईंले युट्युबरहरूलाई बोलाएर कम्बोडियाको टेलिकम कम्पनी आजियाटामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको दाबी गर्दै भिडियो सार्वजनिक गरेका थिए ।

सोही आरोपमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नो पक्राउविरुद्ध प्रसाईं बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत समेत पुगेका थिए । तर, आइतबार (हिजो) सर्वोच्चले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।

क्यानसरपीडित प्रसाईं आइतबार राति भने वीर अस्पतालमा भर्ना भएका छन् । उनीमाथि ब्युरोले अनुसन्धान जारी राखेको छ । ब्युरोले प्रसाईंको घरबाट केही कागजात, तीन ल्यापटप र नौ मोबाइल बरामद गरेको छ ।

विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका निम्ति पक्राउ गरिएकाले थप प्रमाण भेटिन सक्ने भन्दै सीआईबीले उनीसहित बरामद सामग्री साइबर ब्युरोमा पठाएको छ । बरामद गरिएको ल्यापटप र मोबाइल जाँचका निम्ति डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाउने ब्युरोको तयारी छ ।

तर, प्रसाईंले आफ्नो फोन र ल्यापटपमा कुनै गलत प्रमाण नभएको दाबी गरेका छन् । स्रोतका अनुसार, अनुुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई उनले भनेका छन्, “मेरो मोबाइलमा कसैको पनि गलत प्रमाणहरू छैनन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भएको फोनको डिटेल होला, त्यो हेर्नू । त्यही हेर्न मन थियो होला, हैन ?”

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro