site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
हङकङ आन्दोलनको चपेटामा क्याथे प्यासिफिक 
SkywellSkywell
Dabur Nepal
NIC Asia

हङकङ । हङकङमा जारी आन्दोलनको चपेटामा चर्चित विमान कम्पनी क्याथे प्यासिफिक समेत परेको छ । सोही आन्दोलनकै कारण क्याथे प्यासिफिकका सीईओ र कमर्सियल अफिसरले जागिरबाटै हात धुनु परेको छ ।  सो एयरलाइन्सका कर्मचारीको आन्दोलनमा सहभागितालाई लिएर चीनले कडा दबाब दिएको थियो । सीईओ रुपर्ट होगले गएको शुक्रबार राजीनामा दिएकोमा उनको राजीनामा भोलि सोमबारदेखि लागु हुनेगरी स्वीकृत भएको छ । 

उनका सहयोगी रहेका पाउल लूले पनि आफ्नो जागिर छोडेका छन् । कम्पनीका अध्यक्ष जोहन स्लोसरले हालैका गतिविधिले गर्दा क्याथे प्यासिफिकको उडान सुरक्षाका सम्बन्धमा रहेको ख्यातिमाथि दबाब परेको जनाएका छन् ।  उनले नयाँ व्यवस्थापनमार्फत् यसलाई पहिलाकै आत्मविश्वासका साथ अघि बढाउने समेत जनाएका छन् । होगले क्याथे प्यासिफिकको नेतृत्व दुई वर्षसम्म गर्न पाउनु आफ्नो लागि सम्मानको विषय भएको जनाएका छन् । 

तर पछिल्ला दिन कम्पनीकालागि चुनौतिपूर्ण रहेको र आफू र पाउलले त्यसको जिम्बेवारी लिने समेत बताएका छन् । आन्दोलनमा सामेल भएको भन्दै केही अघि सो एयरलाइन्सले दुई जना पाइलटलाई पनि कारवाही गरेको थियो ।  (एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro