site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कालीमाटीमा हरियो तरकारी भेट्नै मुस्किल, भएका पनि निकै महँगोमा बिक्री
SkywellSkywell

काठमाडौं । कालीमाटी तरकारी बजारमा हरियो तरकारी खासै देखिँदैन । भएको पनि खुद्रा व्यापारीले महँगोमा बिक्री गरिरहेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, झरी अगाडि र झरी पछाडिको हरियो तरकारीको मूल्य उच्च दरले बढेको छ ।

समितिले कालीमाटी बजारमा धनियाँ प्रतिकेजी ४०० रुपैयाँ केजीमा पाइन्छ भनेर मूल्य सूची राखेको छ । तर, बजारभित्र रहेको खुद्रा बजारका व्यापारीले धनियाँ प्रतिकेजी ८०० रुपैयाँमा राखेको र प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री गरिरहेको बताउने गरेका छन् ।

Vegetable-Hariyo-Tarkari-(6)-1727617832.jpeg
उनीहरूका अनुसार, आज, भोलि र पर्सिसम्म तरकारीको मूल्य अत्यधिक बढ्ने छ । कालीमाटीमा धेरैजसो काठमाडौं बाहिरका जिल्लाबाट हरियो तरकारी आउने गर्छ । नाका वरिपरि पहिरो जाँदा कालीमाटीमा तरकारी आउने क्रम कम भएको छ ।

Dabur Nepal
NIC Asia

समितिका अनुसार, आज दिउँसोसम्म बजारमा ३८ मेट्रिक टन तरकारी आएको छ । हिजो (शनिबार) १५७ मेट्रिक टन तरकारी कालीमाटी बजारमा भित्रिएको थियो । यसअघि, सामान्य अवस्थामा दैनिक ६०० देखि ७०० मेट्रिक टन तरकारी कालीमाटीमा भित्रिने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

Vegetable-Hariyo-Tarkari-(1)-1727617830.jpeg“दुई दिन लगातार परेको झरीको प्रभाव कालीमाटीको तरकारी बजारमा पनि परेको छ । तरकारी न्यून आएको छ,” उनले भने, “कतिपय तरकारीका गाडीहरू बाटोमा आइरहेको र बाटोका कारण रोकिएको व्यवसायीहरूले बताइरहेका छन् । तर, सामान्य दिनभन्दा अहिले तरकारी आगमन कम भएको छ ।”

श्रेष्ठका अनुसार, हिजो–अस्तिको बाँकी तरकारी अहिले कालीमाटी तरकारी बजारमा बिक्री भइरहेको छ । काठमाडौं उपत्यकाभित्रबाट गोलभेडा, काँक्रो र साग आउने गर्छ । अरू हरियो तरकारी काठमाडौं उपत्यका बाहिरबाट आउँछ ।

समितिका अनुसार, गत १० गतेपछि लौका, काक्रो, पालुगो साग, हरियो खुर्सानी, स्कुस, सानो गोलभेडा, तोरीको साग, घिरौला, जिरीको साग, बन्दा, रायोको साग, स्थानीय काउली, हरियो प्याज, घिउ सिमी, तितो करेलाको मूल्य अत्यधिक बढेको छ । तर, यी हरियो तरकारी कालीमाटी बजारमा न्यून छ ।

तर, प्याज, आलु, सुकेको छ्यापी अहिले पनि भण्डराणमा रहेको श्रेष्ठ बताउँछन् । हरियो तरकारी भने बजारमा न्यून रहेको उनी बताउँछन् ।

Vegetable-Hariyo-Tarkari-(5)-1727617831.jpeg
बजारमा तरकारीको दैनिक मूल्य कसरी राखिन्छ ?

कालीमाटी तरकारी बजारमा बिहान ३ बजेबाट तरकारीहरू आउँछ । समितिका कर्मचारीहरू बिहान ५ बजे बजारका पसल पसलमा गएर एउटा सामानको तीनदेखि चारवटा नमुना लिन्छन् । त्यही अनुसार दैनिक मूल्य सूचीमा न्यूनतम अधिकतम र औसत मूल्य राख्ने गरेका छन् । समितिले नै मूल्य भने तोक्दैन । मूल्य बजारको मागले तोकिने सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

Vegetable-Hariyo-Tarkari-(3)-1727617831.jpeg
दुई दिनमा कुन तरकारीको मूल्य कति बढ्यो ? 

‍औसत मूल्य (रुपैयाँमा)
क्रसंकृषि उपजइकाइअसोज १०असोज १३घटबढ प्रतिशत
हरियो धनियाँकेजी१४१.६७४००१८२.३
लौकाकेजी३५९५१७१.४
काँक्रो (लोकल)केजी४२.३३११०१५९.९
पालुँगो सागकेजी७५१९०१५३.३
स्कुसकेजी२२.३३५५१४६.३
खुर्सानी हरियोकेजी९५२२६.६७१३८.६
गोलभेडा सानो (लोकल)केजी३१.६७७५१३६.८
खुर्सानी हरियो (बुलेट)केजी१०५२३३.३३१२२.२
तोरीको सागकेजी४५९५१११.१
१०घिरौलाकेजी६५१३५१०७.७
११जिरीको सागकेजी७५१५५१०६.७
१२बन्दा (तराई)केजी३५७०100
१३काक्रो (हाइब्रीड)केजी१७.६७३५९८.१
१४काउली स्थानीयकेजी७५१४५९३.३
१५रायो सागकेजी७५१४५९३.३
१६गोलभेडा सानो (टनेल)केजी४६.६७९०९२.८
१७प्याज हरियोकेजी१४५२७६.६७९०.८
१८बन्दा (लोकल)केजी४५८५८८.९
१९घिउ सिमी (लोकल)केजी५५९५७२.७
२०घिउ सिमी (हाइब्रीड)केजी५५९५७२.७
२१बोडी (तने)केजी६५११०६९.२
२२तितो करेलाकेजी६५११०६९.२
२३हरियो फर्सी (डल्लो)केजी३२.६७५५६८.४
२४मौसमकेजी७५१२०६०.
२५गाजर (लोकल)केजी१२५१९०५२.
२६मकै बोडीकेजी६५९५४६.२
२७गाजर(तराई)केजी११०160४५.५
२८लप्सीकेजी३२.३३४५३९.२
२९पुदीनाकेजी५७६.६७७५०३०.१
३०लसुन हरियोकेजी२९०३७६.६७२९.९
३१मेवा (भारतीय)केजी८५११०२९.४
३२चुकुन्दरकेजी७५९५२६.७
३३गान्टे मूलाकेजी७५९५२६.७
३४अम्बाकेजी७५९५२६.७
३५पिँडालुकेजी५५६५१८.२
३६गोलभेडा ठूलो (भारतीय)केजी९५११०१५.८
३७च्याउ (डल्ले)केजी२७६.६७३००८.४
३८प्याज सुकेको (भारतीय)केजी१११११८.३३६.६
३९आलु रातो (मुडे)केजी७१७४४.२
४०सेलरीकेजी७५०७६०१.३
४१सेतो मूला (हाइब्रिड)केजी२७.३३२७.६७१.२

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro