site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
इजरायल–हिजबुल्लाह युद्ध : घर फर्किन खोज्दै लेबनानमा रहेका नेपाली
फाइल तस्बिर ।

काठमाडौं । इजरायल र हिजबुल्लाहबीच युद्ध चर्कदै गएपछि लेबनानमा रहेका नेपालीले स्वदेश फर्किने इच्छा व्यक्त गर्न थालेका छन् । 

लेबनानमा रहेका केही नेपालीले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमा फोन गरी उनीहरूले आफूहरू नेपाल फर्कन चाहेको बताएका हुन् । 

“लेबनानको राजधानी बेरुतमा जनजीवन सामान्य छ । तर, फ्लाइट चलिरहेकाले केही नेपालीले छोटो समयका लागि भए पनि नेपाल जान उपयुक्त होला कि भनेर दूतावासमा सम्पर्क गर्नुभएको छ,” इजिप्टका लागि नेपाली राजदूत सुशिलकुमार लम्सालले बाह्रखरीसँग भने । 

Dabur Nepal
NIC Asia

लेबनानलाई इजिप्टस्थित नेपाली दूतावासले हेर्नेगर्छ । केही दिनयता आफ्नै सेना भएको लेबनानको राजनीतिक पार्टी हिजबुल्लाह र इजरायलबीच युद्ध चर्किएको छ । हिजबुल्लाहको दक्षिण लेबनानमा पकड राम्रो छ, जुन क्षेत्र इजरायलको सीमासँग जोडिएको छ । 

पछिल्लो दिन इजरायलले दक्षिण लेबनानमा रहेका हिजबुल्लाहको अखडामा आक्रमण गर्दा ६ सय जनाभन्दा बढी लेबनानीको मृत्यु भैसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले पनि इजरायलमा रकेट र मिसाइल प्रहार गरेको छ । 

इजरायलले अब लेबनानको हिजबुल्लाह प्रभावित क्षेत्रमा स्थल आक्रमण गर्ने तयारी गरिरहेको छ । यसले युद्ध झन् चर्किने संकेत गरेको छ । 

अमेरिका, बेलायत लगायतका देशले ट्राभल एड्भाइजरी जारी गर्दै लेबनान भ्रमणमा नजान र लेबनानमा रहेका आफ्ना नागरिकलाई लेबनान छोड्न अनुरोध गरेका छन् । 

भारतले पनि बिहीबार ट्राभल एड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई लेबनानको यात्रा नगर्न भनेको छ । बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा लेबनानमा रहेका आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्कन पनि भनेको छ । 

भारतले मिलेसम्म आफ्ना नागरिकलाई लेबनान छोड्न र नमिलेको अवस्थामा दूतावासको सम्पर्कमा रहन भनेको छ । “लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले भने ।

राजदूत लम्सालका अनुसार एक हजारदेखि १२ सयसम्म नेपाली लेबनानमा कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् भने अन्य होटेल तथा रेष्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् । अहिले युद्ध चलिरहेको क्षेत्रमा नेपाली कार्यरत नरहेको जनाइएको छ । 

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अहिले ९७७ नेपाली सेना खटिएका छन् । शान्ति स्थापनाका लागि उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro