site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एभरेस्ट महिला भलिबल लिगमा ललितपुर विजयी

काठमाडौं । ललितपुर क्विन्स पहिलोपटक सुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सोमबार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो । 

यससँगै ६ टोली सहभागी पहिलो संस्करणको फ्रेन्चाइज लिगमा क्विन्सले तीन अंक बटुलेको छ । तीन थाई खेलाडीको राम्रो साथ पाएको क्विन्सले पहिलो सेट २५–२० ले आफ्नो बनाउँदै राम्रो सुरुआत गर्‍यो । तर, दोस्रो सेटमार्फत काठमाडौं स्पाइकर्सले पुनरागमन गर्ने संकेत गर्‍यो । 

यो सेट काठमाडौंले २५–२१ ले आफ्नो बनाउँदै बराबरीमा ल्यायो । उषा भण्डारीको काठमाडौं स्पाइकर्सले तेस्रो सेटमा पनि चुनौती दियो । तर, लिबेरो सलिना श्रेष्ठको ललितपुर क्विन्सले २५–२१ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो । 

तेस्रो सेटमा ललितपुर क्विन्सकी थाइ खेलाडी र काठमाडौंकी स्वदेशी घाइते हुँदै बाहिरिए । यद्यपि, एक विदेशी खेलाडीबिना नै ललितपुर क्विन्स चौथो सेटमा काठमाडौं स्पाइकर्समाथि हावी भयो । यो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै ललितपुर क्विन्सले पहिलो संस्करणमा सुखद् सुरुआत गरेको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पहिलोपल्ट सुरु भएको भलिबलको फ्रेन्चाइज लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । यस फ्रेन्चाइज लिगमा भारतबाट चारजना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिष्पर्धा गर्दै छन् । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro