site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टारलिंकका प्रयोगकर्ता ४० लाख नाघे

काठमाडौं । स्पेसएक्सको स्टारलिंक स्याटेलाइट नेटवर्ककका प्रयोगकर्ताको संख्या बढेको छ । स्टार लिंककी अध्यक्ष ग्वेन्ने सटवेलले मंगलबार टेक्सासका विधायकहरुलाई यस हप्ता कम्पनीका प्रयोगकर्ता ४० लाख नाघ्ने बताएकी छन् ।

स्टारलिंकले सन् २०२० को अक्टोबरदेखि परीक्षणकालीन सेवा सुरु गरेको थियो । सन् २०२२ को डिसेम्बरमा यसका प्रयोगकर्ता दश लाख पुगेका थिए ।

सन् २०२३ को सेप्टेम्बरमा २० लाख प्रयोगकर्ता पुगेको स्टारलिंकका प्रयोगकर्ता गत मेमा ३० लाख पुगेको थिए । त्यसयता दश लाख सब्स्क्राइबर बढेर अहिले ४० लाख नाघ्ने भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस वर्ष ६.६ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ । स्टारलिंक स्याटेलाइट इन्टरनेटका क्षेत्रमा अहिलेसम्मको एक्लो र सफल व्यावसायिक कम्पनी बनेको छ । यसले पूराना कम्पनीहरुलाई विस्थापित गर्दै अझै थप नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro