site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरो प्रभावित क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्‌मा परेका ७१३ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौंबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

“बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्धार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याइएको छ,” प्रवक्ता तिवारीले भने, “निजी हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्धार भएको छ ।”

गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाई उद्धारमा सेनाका तीनवटा हेलिकप्टर परिचालित थिए ।

“हवाई उद्धारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ,” प्रवक्ता तिवारीले भने, “आवश्यकता अनुसार भोलिबाट पनि हवाई उद्धार हुन्छ ।”

सेनाको टोलीले उद्धारसँगै हवाई साधनमार्फत राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याउँदै आएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको काम गृह मन्त्रालयले गरिरहेको छ ।

विपद्का घटनामा सुरक्षाकर्मीहरूले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजारभन्दा बढीको सकुशल उद्धार गरेको छ । सोमबार बेलुकीसम्म विपद्‌मा परी २०९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार, विपद्का कारण अवरुद्ध राजमार्गहरू तीव्ररूपमा सुचारु भइरहेको छ । कतिपय बढी प्रभावित राजमार्गमा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro