site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुंगाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा अझै रोक

काठमाडौं । ललितपुरको नख्खुडोलस्थित पुल भासिएकाले त्यहाँ सवारी आवागमन बन्द छ ।

सोमबार बिहान ८ बजेसम्मको ट्राफिक प्रहरीको अपडेटअनुसार, धादिङको झ्याप्लेखोलामा खसेको पहिरो केही पन्छाइएसँगै नागढुंगा नाका हुँदै काठमाडौं उपत्यका भित्रिने सवारीसाधन चलिरहेका छन् । त्यहाँबाट बाहिरिने सवारीसाधनलाई भने अझै रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा खसेको पहिरोले गर्दा सिस्नेरी, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको आवतजावत प्रभावित भएको छ ।

यस्तै, धुलिखेल–खावासडकखण्ड पहिरोका कारण अवरुद्ध छ । काठमाडौं–सिन्धुली–बर्दिबास चल्ने सवारीसाधन चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

यसैबीच, काठमाडौं उपत्यकाबाट विभिन्न नाका हुँदै लामो दूरीमा सवारीसाधन लिएर यात्रा नगर्न सबैमा ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro