site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 राजनीतिक विश्‍लेषक भन्छन्- चुनावी सर्वेक्षण वास्तविकताभन्दा फरक
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका विभिन्न सर्वेक्षण कम्पनी र न्युज च्यानलहरुले गरेको चुनावी मत सर्वेक्षणमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) फेरि सत्तामा पुग्ने संकेत देखिए पनि विपक्षी दलसँगै राजनीतिक विश्लेषकहरु वास्तविकताभन्दा फरक देखिरहेका छन् । 

जानकारहरुका अनुसार पछिल्ला केही वर्षमा उत्तर प्रदेशमात्रै नभएर अन्य राज्यहरु र लोकसभा चुनावको सर्वेक्षण वास्तविकताभन्दा फरक देखिएका कारण यस पटकको सर्वेक्षणमा पनि विश्वास गर्न सकिने अवस्था छैन् । लखनउमा ‘टाइम्स अफ इण्डिया’ का राजनीतिक सम्पादक सुभाष मिश्र भन्छन्, ‘‘ग्रास रुटमा जुन रुझान देखिएको थियो त्यसलाई हेर्दा सीटको यो संख्या थोरै पनि वास्तविक लगिरहेको छैन् ।’’ 

उत्तर प्रदेशमा रहेको जातीय र क्षेत्रीय विविधता तथा मतदानको शैली र रुझानमा रहेको विषमताका आधारमा सीटको सही अनुमान लगाउन कठिन रहेको उनको भनाइ छ । अधिकांश सर्वेक्षण सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को पक्षमा एकतर्फी परिणाम देखाइरहे पनि सर्वेक्षण अनुसार चुनावी परिणाम नआउनेमा मिश्र ढुक्क देखिन्छन् । ‘‘जति मैले यूपीमा देखेको छु र बुझेको छु, त्यस अनुसार भन्न सक्छु कि गठबन्धन राम्रो गर्छ,’’ उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

‘प्रायोजित हुन्छन् सर्वेक्षण’

यद्यपी, केही सर्वेक्षणहरुमा सपा-बसपा-रालोद गठबन्धनलाई उत्तर प्रदेशमा अत्यन्तै अगाडि देखाइएको छ । तर, अधिकांश क्षेत्रमा कि त भाजपासँग उसको कडा प्रतिष्पर्धा देखिन्छ या त भाजपा अगाडि देखिन्छ । 

Global Ime bank

‘टाइम्स अफ इण्डिया’ का राजनीतिक सम्पादक मिश्र भन्छन्, ‘‘हालै तीन राज्यमा चुनाव भयो । बढी जसो चुनावी सर्वेक्षण त्यहाँ पनि सही निस्केन । यस कारण पनि धेरै विश्वस्त हुन पनि उचित देखिदैन ।’’ 

सरकार जो सुकैको आए पनि यी हुन् सबैभन्दा ठूला चुनौतीहरु

वरिष्ठ पत्रकार अमिता वर्माले अहिलेसम्म धेरै चुनावको समाचार ‘कभर’ गरिसकेकी छिन् । उनी भन्छिन्, “चुनावी सर्वेक्षण सुरूमा जे-जस्ता आए पनि ती सत्यताभन्दा धेरै पर हुन्थे । यदि सर्वेक्षणको परिणाम सही आउँदैन भने त्यसको ठूलो कारण भनेको बढीजसो सर्वेक्षण प्रायोजित हुन्छन् । यस्तो स्थितिमा सत्य परिणाम आउने अपेक्षा गर्न सकिँदैन ।’’ 

उत्तर प्रदेशमा लोकसभा चुनावका दौरान देखिएको सत्यता र चुनावी सर्वेक्षणमा कुनै समानता नदेखिएको वरिष्ठ पत्रकार वर्माको भनाइ छ । अर्का वरिष्ठ पत्रकार श्रवण शुक्लले पनि उत्तर प्रदेशमा भाजपाको पक्षमा चुनावी वातावरण राम्रो देखिए पनि चुनावी सर्वेक्षणमा विश्वस्त हुन सकिने अवस्था नरहेको बताउँछन् । उनी भन्छन्, “२०१७ को विधानसभा चुनावलाई नै हेर्नुस् । कसैले पनि भाजपाले यति धेरै सीट जित्छ भनेको थिएन तर ग्रास रुटमा भाजपाको पक्षमा राम्रो माहोल थियो । त्यो बेला सर्वेक्षणले किन भाजपाले जित्ने सीटहरु देखाउन सकेनन् त ?’’ 

यो पनि, 

मत सर्वेक्षणको रुझानले पूरा होला भाजपाको दाबी ?

प्रधानमन्त्री मोदीको भविष्य मतपेटिकामा ‘प्याक’, नतिजा बिहीबार

मत सर्वेक्षणको सुरुआती नतिजा सार्वजनिक : मोदी र गान्धीमा को अगाडि ?

गुफामा ध्यान गर्दै भारतीय प्रधानमन्त्री मोदी

मोदीको केदारनाथ यात्राप्रति तृणमूल कांग्रेसको आपत्ति, यात्राको प्रशारण तत्काल रोक्न निर्वाचन आयोगसँग माग 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC