site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मत सर्वेक्षणको रुझानले पूरा होला भाजपाको दाबी ?
Sarbottam CementSarbottam Cement

लोकसभा चुनावको अन्तिम चरणको मतदान सम्पन्न भएसँगै भारतीय न्यूज च्यानलहरुले मत सर्वेक्षण जारी गरेका छन् । यदि ती मत सर्वेक्षण चुनावी परिणाममा परिवर्तन भए सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) फेरि सत्तामा फिर्ता हुने निश्चित छ । 

मत सर्वेक्षणका अनुसार एनडीएले तीन सय सीटको आंकडा छुन सक्छ । भारतमा सरकार बनाउनका लागि दुई सय ७३ सीटको बहुमत अनिवार्य छ । मत सर्वेक्षणको रूझानलाई एक पटक अलग गरेर पहिले यो हेर्न जरुरी छ कि सत्तारुढ भाजपाले के दाबी गरिरहेको थियो । 

भाजपाले आफू एक्लैको तीन सयभन्दा बढी सीट आउने बताइरहेको थियो । उत्तर प्रदेशमा ७४ भन्दा बढी सीट प्राप्त हुन्छ । २०१४ मा उत्तर प्रदेशमा भाजपा गठबन्धनलाई ७३ सीट मिलेको थियो । तर मेरो हिसाबबाट भाजपालाई उत्तर प्रदेशमा ७४ सीट र केन्द्रमा तीन सय भन्दा बढी सीट दिने कुनै पनि मत सर्वेक्षण अहिलेसम्म देखिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

मत सर्वेक्षणमा भाजपालाई बढी सीट दिइएको छ । तर, यस पटक अन्य दलहरुको स्थिति अत्यन्तै मजबुत छ । भाजपालाई उसका कैयौं साथीहरुले छोडेको साथ नै यसको सबैभन्दा ठूलो कारक हुन सक्छ । अहिले मत सर्वेक्षणमा एनडीए सरकार बनाउँदै गरेको देखिँदै छ तर ठूलो चुनौती यो हुन सक्छ कि यूपीएमाथि क्षेत्रीय पार्टीहरु भारी नहोउन् । भाजपा र कांग्रेस दुबै एनडीए इतर र यूपीए इतर पार्टीलाई कसरी आफूसँग मिलाउने भन्ने प्रयासमा जोडबलका साथ लागिरहेका देखिन्छन् । 

‘नरेन्द्र मोदी फेरि सत्तामा पुग्नै सक्दैनन्’ भन्ने राहुल गान्धीको दाबी गलत सावित हुन्छ । अहिलेसम्मका मत सर्वेक्षणमा भाजपा मजबुत देखिएको छ । तर, केही मत सर्वेक्षणको आंकडा हेर्दा कांग्रेस र क्षेत्रीय पार्टीहरु मिलेर नरेन्द्र मोदीको सत्तामा पुग्ने बाटो रोक्न सक्ने सम्भावना पनि देखिएको छ । 

Global Ime bank

कसका लागि हात बढाउला भाजपा ?
यदि एनडीएले सरकार गठनका लागि आवश्यक सीट जित्न नसके भाजपाले टीआरएस र जगन मोहन रेड्डीतर्फ हात बढाउनुपर्ने देखिएको छ । चुनाव प्रचारको अन्तिम दिन प्रधानमन्त्रीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमित शाहले भाजपाको वैचारिक सोच अपनाउन चाहने पार्टी एनडीए गठबन्धनको साझेदार बन्न सक्ने बताएका थिए । अब भाजपा सरकार गठनका लागि सबै झ्याल–ढोका खुला राख्न सक्छ । 

भाजपामा अन्य पार्टीहरुलाई कसरी यूपीएबाट टाढा गरेर एनडीएमा सहभागी गराउने भन्ने बारेमा रणनीति सुरू भइसकेको छ । कुनै पनि मत सर्वेक्षणले कांग्रेसलाई आफ्नै बलबुतामा तीन सय सीट जित्ने देखाइरहेको छैन । यद्यपि २०१४ मा ४४ सीटमा सीमित रहेको कांग्रेस अहिले राम्रो अवस्थामा भने छ । यो आकडा हेर्दा कांग्रेसको कुनै खेमाबाट राहुल गान्धीको नेतृत्व नराम्रो थियो भन्ने आवाज आउने सम्भावना पनि देखिँदैन । तर, प्रियंका गान्धीबाट अपेक्षा गरे अनुरुप उनी जनतासामु खुलेर आउन नसक्दा अपेक्षाहरु पूरा हुन सकेनन् । 

बंगालमा भाजपा र ममताको लडाईंबाट कसलाई फाइदा ?
मत सर्वेक्षणमा पश्चिम बंगालमा भाजपा दोहोरो अंकमा सीट हासिल गर्ने देखिएको छ । बंगालमा भाजपाले गरेको चुनाव केन्द्रित मेहनत देखेर तृणमूल कांग्रेसका कार्यकर्ताहरु पनि सशंकित थिए । 

भाजपाले १० देखि १५ जना आफ्नो सम्पर्कमा रहेका बताएको थियो । अब कति मानिसहरु कुन पार्टीमा जान्छन् हेर्न भने बाँकी छ । बंगालमा विधानसभा चुनाव नजिकै भएकाले पनि यस्ता गतिविधिहरु हुन सक्छन् । तर, तृणमूल कांग्रेस ( टीएमसी) पनि चुप लागेर बस्ने देखिँदैन । आगामी दिनमा भाजपा र टीएमसीका बीचको द्वन्द्व झनै गहिरो हुने निश्चित छ । 

तेस्रो मोर्चाको अनुहार को हुन्छ भनेर हेर्न चुनावी परिणाम नै कुर्नुपर्ने हुन्छ । यदि कांग्रेसले आवश्यक सीट प्राप्त गरेर ती पार्टीहरुका साथ मिलेर दाबी गर्छ भने सरकार गठनको सम्भावना पनि छ । तर, भाजपाले ती पार्टीहरुलाई फकाएर एनडीएमा सहभागी गराउन अनेक प्रकारका आश्वासन दियो भने उनीहरु भाजपालाई साथ दिने सम्भावना देखिन्छ । 

यहाँ यो पनि बुझ्न जरुरी छ कि अमित शाह र नरेन्द्र मोदीले तेलंगानामा गरेको चुनावी र्यालीमा टीआरएसमाथि आक्रमण गरेनन् । बरु उनीहरुले कांग्रेसमाथि निशाना साँधे । त्यस्तै आन्ध्र प्रदेशमा ‘टारगेट’ वाईएसआरलाई नभएर टीडीपीलाई गरिएको थियो । केँपेनमा पनि सहजै अनुमान लगाउन सकिन्छ कि भाजपा कसको हात समात्न तयार छ । 

ओडिशामा भाजपाले नवीन पटनायकमाथि कडा आलोचना गर्यो र उनलाई भ्रष्टसमेत भन्यो । तर, फानी नामक आँधीपछि ओडिशा पुगेका प्रधानमन्त्रीले नवीन पटनायकको प्रशंसा गरे । बोली र व्यवहारले उनले नवीन पटनायकलाई साथ ल्याउने संकेत गरिरहेको थियो । तमिलनाडुको कुरा गर्नुपर्दा यदि त्यहाँ ६ देखि ७ सीट एनडीएको पक्षमा देखिएका छन् । जुन एआईएडीएमको खाताका सीटहरु हुन् । तमिलनाडुमा यूपीए मजबुत देखिँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC