site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मत सर्वेक्षणको सुरुआती नतिजा सार्वजनिक : मोदी र गान्धीमा को अगाडि ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा एक महिना अघिदेखि जारी लोकसभा निर्वाचन आज सम्पन्‍न भएको छ । ५४२ सिटका लागि भएको निर्वाचन सात चरणमा गरी आइतबार सम्पन्‍न भएको हो । निर्वाचनको परिणाम २३ मे अर्थात बिहीबार सार्वजनिक गरिने भारतको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्‍नल डेमोक्रेटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए) बीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

सातै चरणको निर्वाचन सम्‍पन्‍न भएलगत्तै एग्जिट पोलको नतिजा आउने क्रम सुरु भएको छ । एग्जिट पोल मतदान गरेर निस्कनेहरूसँग गरिने एक सर्वेक्षण हो । लोकसभा निर्वाचन सुरु भएसँगै सुरु गरिएको एग्जिट पोलमा विभिन्‍न एजेन्सीहरु संलग्‍न थिए । उनीहरुले आ-आफ्नो एग्जिट पोलको नतिजा सार्वजनिक गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्‍न चार एग्जिट पोलमा एनडिए गठबन्धनले २८० देखि ३१५ बीचमा सीटहरू जित्‍ने अनुमान गरेको छ।  जुन युपीएभन्दा निकै बढी छ । त्यसैगरी सी-भोटरका अनुसार एनडीए २८७, यूपीए १२८ र अन्य १२७ सिट ल्याउने अनुमान गरिएको छ । जन की बातका अनुसार एनडीए ३०५, यूपीए १२४ र अन्य ११३ सिट ल्याउनेछन् । न्यूज नेशनलका अनुसार एनडीए २८६, यूपीए १२२ र अन्य १३४ सिटमा जित निकाल्‍ने अनुमान गरिएको छ । एबीएका अनुसार एनडीए २६७, यूपीए १२७ र अन्य १४८ सिट ल्याएर जित हात पार्ने अनुमान गरिएको छ ।

बिहारमा एग्जिट पोल 

Global Ime bank

टायम्स नाउ बीएमआरका अनुसार एनडी ३० र यूपीए १० सिट ल्याउने अनुमान गरिएको छ । त्यसैगरी जन की बातका अनुसार एनडीए २९, यूपीए १० र अन्यले १ सिट ल्याउने अनुमान गरिएको छ । 

महाराष्ट्रको एग्जिट पोल 

टाम्स नाउ बीएमआरका अनुसार एनडीए ३८ र यूपीएले १० सिट ल्याउने अनुमान गरिएको छ । सी भोटरका अनुसार एनडीए ३४, यूपीए १४ सिटमा जित्‍नेछ । जनकी बातका अनुसार एनडीए ३७, यूपीए १० र अन्यले १ सिटमा जित हात पार्नेछन्  । 

दिल्लीमा एग्जिट पोल 

इन्डिया टुड/एक्सिसका अनुसार दिल्लीमा सात सिटमा बिजेपीले ६ सिट र कांग्रेसले एक सिट ल्याउनेछ ।

भारतको लोकसभामा सरकार बनाउनका न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्नुपर्छ। तर विगतमा एग्जिट पोलका नतिजाहरू नमिलेका घटनाहरू रहेको भन्दै विश्लेषकहरूले सचेत गराएका छन्। यस निर्वाचनमार्फत् भारतीय मतदाताहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे निर्णय दिनेछन्।

यस निर्वाचनलाई प्रधानमन्त्री मोदीको जनमतसङ्ग्रहका रूपमा हेरेका छन्। यस पटक मोदीको टक्कर विपक्षी कांग्रेस नेता राहुल गान्धीसँग हुने भएको छ ।

सन् २०१४ मा भएको पछिल्लो निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टी भाजपाले २८२ सिट जितेको थियो ने गान्धीको कंग्रेसले केवल ४४ सिटमा खुम्चिएको थियो । 

कति भरपर्दा हुन्छन् 'एग्जिट पोल'हरू?

एग्जिट पोल पछिल्ला थुप्रै निर्वाचनमा गलत पनि सावित भएका छन्। यसलाई कुनै तरिकाले पनि वास्तविक नतिजा नै भएको प्रमाणित गर्न नसकिने विज्ञहरू बताउँछन्।

सबैजसो टेलिभिजन च्यानलहरूले सर्वेक्षण गर्ने विभिन्‍न संस्थासँग मिलेर एग्जिट पोल सञ्‍चालन गर्ने गरेका छन्। यी फरक-फरक सर्वेक्षणमा नतिजा समेत भिन्‍न देखिएका छन्।

भारतीय राज्य पश्‍चिम बंगालकी मुख्यमन्त्री एवं तृणमूल कांग्रेस की प्रमुख ममत बनर्जीले एग्जिट पोलको कुनै विश्‍वास गर्न नसकिने बताएकी छन् । उनले आइतबार एग्जिट पोल सार्वजनिक भएसँगै ट्‍वीट गर्दै यसो बताएकी हुन् ।

त्यसैगरी जम्मुकाश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले एग्जिट पोलका सबै नतिजाहरु गलत नहुने दाबी गरेका छन् । उनले पनि आइतबार ट्‍वीट गर्दै यसो बताएका हुन् ।     बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC