site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोरे प्रकरण बिर्साउने घटना बढ्न थाले– तस्करीको सुन बाटोमै लुटियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुवईबाट तस्करी हुँदै भित्रिएको सुन सम्बन्धित ठाउँसम्म नपुग्दै बीचमै लुटिने घटना फेरि बढेको पाइएको छ ।  पछिल्लो समय दुवई हुँदै आएको दुई किलोभन्दा बढी सुन त्रिभुवन विमानस्थलबाटै लुटिएको खुलेको हो ।

अवैध सुन लुटिए पनि तस्करहरू प्रहरीसम्म उजुरी गर्न जान सक्दैनन् । सुन लुटिएको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय ‘अपरेशन’ चलाएको छ । तर, लुटिएको अवैध सुन बरामद हुन सकेको छैन ।

तस्करीको सुन लुटपाट घटनामा संलग्न आठ जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो । पक्राउ परेकामध्ये केहीको साथबाट प्रहरीले सुन समेत बरामद गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तस्करीको सुन लुटिएको सूचना पहिलो चोटी गएको १६ फागुनमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको थियो । त्यही सूचनाका आधारमा अनुसन्धान कार्यालयको टोलीले शंकास्पद चार जनालाई बालाजुबाट पक्राउ ग¥यो ।

प्रहरीले ललितपुर महांकालका सागर लामा, काठमाडौं, शंकारापुर नगरपालिकाका मदन घलान, सिन्धुपाल्चोक चौताराका साजन तामाङ र चन्द्रा परियारलाई पक्राउ गरेको थियो । प्रहरीले साजनको साथबाट ३५० ग्राम सुन समेत बरामद गरेको थियो ।

Global Ime bank

प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय पठाएको थियो । तर, एक किलो सुनमध्ये बाँकी सुन भने विमानस्थलबाट नै लुटिएको खुलेको छ ।

त्यही अरोपमा प्रहरीले अनुसन्धान गर्नुपर्ने केही आरोपीहरूको नामसहित भन्सार कार्यालयलाई उपलब्ध गराएको खुलेको छ ।  तर, उक्त घटनाको अनुसन्धान नसकिँदै फेरि त्यही प्रकृतिको अर्को सूचना उपत्यका प्रहरी कार्यालय पुगेको छ ।

११ चैतमा प्रहरीमा विमानस्थलबाट थप एक किलो सुन लुटिएको सूचना प्रहरीमा पुगेको हो । सूचनाका आधारमा अनुसन्धान गरेको प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको थियो । तर, उनीहरूको साथबाट सुन बरामद नभएपछि प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेर छोडेको छ । 

घटनामा संलग्न एकजना भने फरार छन् । उनैले सुन लुटेको आशंका प्रहरीको छ । पछिल्लो समय पक्राउ परेकाहरूमा सिन्धुपाल्चोकका छेमा शेर्पा, संजोग भनिने मिङमार शेर्पा छन् । अर्का ठेगाना खुल्न बाँकी विकास भने फरार छन् । विशालकै समूहले सुन लुटेको आंशका प्रहरीको छ ।

लुटिएका सुनका मालिक थिए वर्षा लामा

सुन तस्करीका मुख्य आरोपी भने सिन्धुपाल्चोकका वर्षा लामा हुन् । उनी लामो समयदेखि दुवईमा बसेर अवैध तरिकाले सुन नेपाल पठाउने काममा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

दुवईमा भारतीय नागरिकसँग विवाह समेत गरेका वर्षाले भिजिट भिसामा नेपालबाट दुवई बोलाउने र दुवईबाट नेपाल फर्किदा सुन पठाउने धन्दा गर्ने गरेको खुलेको हो । फागुन १६ र चैत ११ मा नेपाल पठाएको दुई किलो सुन त्रिभुवन विमानस्थगल भन्सार जाँच पास भएर बाहिरिएपछि विमानस्थलबाटै सुन तस्करीमा उनको संलग्नता खुलेको हो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, सुन बोकेकै मानिसको मिलोमतोमा सुन लुटिने गरेको खुलेको छ । 

तस्करीको सुन बोकेको भरियाहरूले नै आपराधिक समूहका युवाहरूलाई सूचना चुहाउने र उनीहरू सुन लुट्न विमानस्थल पुग्ने गरेको खुलेको हो । त्यसरी लुटिएको सुन उनीहरूले बाँडेर लिने गरेको खुलेको छ ।

प्रहरीको अनुसन्धानबाट दुवईबाट अर्धठोस रुपमा सुन मलद्वारमा छिराएकार तस्करी गर्ने गरेको खुलेको हो । एक व्यक्तिको त्यसरी मलद्वारमा राखेर एक किलो सुन ल्याउने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीले घटनाबारे अझै अनुसन्धान जारी रहेको दाबी गरे । 

“हामीले अनुसन्धान जारी राखेका छौँ । सुन पठाउने समूह र लुट्ने समूहमाथि अनुसन्धान जारी राखेका छौं,” अनुसन्धानमा संलग्न ती अधिकारीले भने ।

वडा अध्यक्षकै संलग्नता

फागुन १६ मा लुटिएको सुन प्रकरणमा सिन्धुपाल्चोकस्थित साँगाचोकगढी नगरपालिका–१० का वडाध्यक्ष निलबहादुर तामाङको भूमिका समेत शंकास्पद देखिएको छ ।

उनको भूमिका शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई उनीमाथिसमेत अनुसन्धान गर्नुपर्ने भन्दै पत्र पठाइएको छ । वडाध्यक्ष तामाङले भने आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए ।

लुटिएको सुन खोज्दा हुण्डीको ४० लाख बरामद

प्रहरीले लुटिएको सुन खोजी गर्दै जाँदा हुन्डीको ४० लाख रुपैयाँ बरामद गरेको छ ।

दुवईबाट वर्षा लामाले नै सुनको खोजीका लागि हुण्डीमार्फत ललितपुरका अस्कर जोशी, पोखरा कास्की–१० का दिपेश भन्ने डोन शाही, मोरङ मिल्काजुङ–४ का कल्पना मगर र इलाम चुलाचुलीका कुमार कामीलाई ४० लाख रुपैयाँ पठाएको खुलेको हो ।

लुटिएको सुनको अपरेशनमा खटिएको प्रहरीले गएको १ चैतमा काठमाडौं चाबाहिलबाट उनीहरूलाई पक्राउ गरेको थियो ।  उनीहरूले तस्करी सुन लुट्ने समूहलाई नै पैसा दिएर सुन फिर्ता माग्न आएको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले भने उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाएको थियो ।

रोकिएन सुन तस्करी र लुटिने घटना

तस्करीको सुन लुटिने घटना नौलो होइन । यसअघि २०७४ मा ३३ किलो सुनसमेत त्रिभुवन विमास्थलबाट पार भयो । तर सम्बन्धित ठाउँमा नपुग्दै लुटिएको थियो । मोरङका चुडामणी उप्रेती ‘गोरे’ समूहले दुवईबाट ल्याएको सुन सिनामंगलबाट लुटिएको थियो । 

उक्त सुन लुटपाटको घटनामा मोरङकै सनम शाक्यको भूमिका शंकास्पद देखिएपछि गोरे समूहले शाक्यलाई यातना दिएर हत्या गरेका थिए । उक्त घटनामा दर्जनौँ प्रहरी अधिकारीकै भूमिका समेत शंकास्पद देखिएपछि उनीहरू समेत जेल पुगेका थिए । 

हाल उक्त मुद्दामा जोडिएका प्रहरी अधिकारी सबैले सफाई पाइसकेका छन् ।

गोरेसहित शाक्य हत्यामा संलग्न टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई मोरङ जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको थियो । उक्त सुन तस्करी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

हाल गोरे सुन्धारा कारागारमा छन् अरुलाई मोरङ कारागारमा राखिएको छ । विमानस्थल प्रहरीले मात्रै चार महिनामा करिब आठ किलो तस्करीको सुन बरामद गरेको छ । प्रहरीबाहेक विमानस्थल भन्सार कार्यालयले समेत छुट्टै तस्करीको सुन बरामद गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, माघ यतामात्रै प्रहरीले सात किलो ७५९ ग्राम सुन बरामद गरेको बताए ।

“हामीले शंस्कापद व्यक्तिलाई जाँच गर्दा तस्करीको सुन भेटिएका हुन् । जुन भन्सार पार भएपछि मात्रै पक्राउ गरिएका हुन,” एसएसपी शर्माले भने, “गहनाका रुपमा र तरल पदार्थ बनाएर सुन तस्करीको हुनेगरेको देखिन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !