site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकालाई चीनका राष्ट्रपतिको प्रस्ताव– हामी प्रतिद्वन्द्वी होइन साझेदार बन्नुपर्छ
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिद्वन्द्वी नभइ साझेदार बन्नुपर्ने बताएका छन् । चीनको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग शुक्रबार बेइजिङमा भएको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपतिले सो कुरा बताएका हुन् ।

चीनका राष्ट्रपतिले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र विन विन सहयोग चीन अमेरिका सम्बन्धका तीन मुख्य सिद्धान्त रहेको समेत बताएका छन् । उनले दुई देशले एक अर्काका लागि उपलब्धि हासिल गर्नुपर्ने तर, एक अर्कालाई हानि गर्नु नहुने बताएको चीनको सरकारी समाचार एजेन्सीले सिन्ह्वाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनका राष्ट्रपतिले बैठक सुरु गर्दै चीन र अमेरिकाले आफ्ना मतभेद समाधान गर्नका लागि साझा मार्ग अवलम्बन गर्नुपर्ने बताउँदै हिंस्रक प्रतिस्पर्धामा उत्रिनु नहुने जनाएका थिए । उनीहरू आफ्नो शब्दमा सत्य भएर बस्नुपर्ने जनाउँदै भन्ने एकथोक र गर्ने अर्कै थोक गर्न नहुने बताएका थिए । उनले चीन र अमेरिकाबीच संयुक्त रूपमा विकास गर्ने र अलग अलग रूपमा सम्पन्नता हासिल गर्ने सम्भावना रहेको समेत जनाएका थिए ।

चीन आत्मविश्वासयुक्त, खुला र सम्पन्न अमेरिका देख्दा खुसी हुने जनाउँदै चिनियाँ राष्ट्रपतिले अमेरिकाले पनि चीनको विकासलाई सकारात्मक दृष्टिले हेर्ने आशा गरेको बताएका छन् । यसअघि चीनका विदेशमन्त्री वाङ यीले भने अमेरिकी विदेशमन्त्रीलाई आफ्नो देशको रेड लाइनमा नटेक्न अमेरिकालाई चेतावनी दिएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय