site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
पृथ्वी बचाऔं ! जीवन जोगाऔं ! 

पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो । यसग्रहमा पानी र अक्सिजन पाइने हुँदा जीवनको आश्रयस्थल मानिन्छ । जहाँ पानी छ, त्यहाँ वनस्पति र जीवहरू पाउँछौं । यस हिसाबले मनुष्य जाति र प्रकृतिबीच नङ र मासुको सम्वनध अनादिकालदेखि रहिआएका छन् । अर्को हिसाबले भन्नुपर्दा प्रकृति र मानवबीच अक्सिजन र कार्बन डाई अक्साइडबीच लेनदेनको निरन्तर चलिरहने प्रक्रियाको रुपमा बुझ्न पनि सकिन्छ । जुन जीवन र जगतबीच आक्षुण रही आएका छन् र यो एक अर्काको अस्तित्वमा टिकेको हुनाले प्रकृति विना जीवनको कल्पनासम्म गर्न सकिन्न ।  

हिन्दू धर्ममा पृथ्वीलाई आमा या देवीको रुपमा मानिन्छ र त वन जंगल नदीनाला पहाड गुफा चुचुरा आदिको पूजा अर्चाना गर्ने चलन परम्परादेखि चल्दै आएका छन् । हिमाल–पहाडका आसपासका वन जंगल आश्रित परिवारहरू हरेक शुभकार्यमा तथा अप्ठ्यारो परिस्थितिमा आफ्ना जीवनदायनी प्रकृतिको पूजा गर्ने र वनदेवी देउताहरूलाई भाग छुट्याउने चलन रही आएका छन् ।

पृथ्वी हाम्री आमा हुन् र प्रत्येक जीवहरूलाई आ–आफ्नो ढंगले बाँच्न पाउने, सुरक्षित रहने र एक–अर्काको सह–अस्तित्वलाई स्वीकार गर्न पर्याप्त आधारहरू उपलब्ध गराएकी छिन् । गीतामा पनि कण–कणमा ईश्वरको बास भनिएको छ । अर्थात् सम्पूर्ण जीवजन्तु र रुख–बिरुवा पहाड नदीनाला सबै एउटा विशाल परिबारको रुपमा बताइएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

earthday-1713756251.jpg
 

हरेक जीवजन्तु वनस्पति आदिलाई उत्तिकै आदरभाव र सम्मानको नजरले हेर्ने परम्पराको पछाडि ‘बाँच र बाँच्न देऊको सिद्धान्त’ आफैँमा दूरदर्शी छन् । हाम्रो पूर्वीय धर्म र दर्शनादिमा पृथ्वी जल वायु आकाश र सूर्यको महिमा र गुणगान हजारौं वर्षदेखिको परम्पराभित्रको वैज्ञानिकतालाई हामीले कम आँक्न मिल्दैन । 

Royal Enfield Island Ad

इतिहास : पृथ्वी दिवसको अवधारणा सर्वप्रथम सन् १९६९ मा क्यालिफोर्नियास्थित तेल चुहिने घटनाको कारण अमेरिकी सिनेटर एवं वातावरणविद् गेलार्ड नेल्सनको थियो । त्यसै वर्ष सान् फ्रान्सिस्कोमा आयोजना भएको युनेस्को सम्मेलनमा पृथ्वी दिवस २२ अप्रिलदेखि मनाउने तिथि तय गरिएको थियो । यसरी २२ अप्रिल १९७० मा पहिलो पृथ्वी दिवस मनाएदेखि पृथ्वी बचाउँ अभियान निरन्तर अघि बढिरहेको छ । 

सन् १९९२ मा ब्राजिलको रेयो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको महत्वलाई अझै बढाएको छ । त्यसपछि सन् २००९ मा राष्ट्र संघको ६३ औं महासभाले २२ अप्रिलमा मनाउने निर्णय गरेपश्चात् पृथ्वी दिवस अन्तराष्ट्रिय रुपमै मनाउन थालिएको इतिहास पाइन्छ । 

नेपालमा पनि सरकारी र गैरसरकारी संघ संस्थाहरूले पृथ्वी दिवसका दिन स्कुल–कलेजका विद्यार्थीहरूले सडकमा प्लेकार्ड ब्यानरका साथ प्रभातफेरी निकालेर जागरुकता बढाउने र तत्तसम्बन्धी विज्ञहरूद्वारा सेमिनार गोष्ठी आदि गरेर पृथ्वी दिवसको जामा पहियाइन्छ । तर, वातावरणमा पुगेको असरप्रति राज्य गम्भीर नदेखिने र सो सम्बन्धित नीतिहरू पनि कार्यान्वयनमा आउन नसक्नु अत्यन्तै दुःखद पक्ष हुन् । 

उद्देश्यः पृथ्वी जस्तो बासस्थानमा जैविक समुदायहरूको पुनरावृत्ति, मानव जातिको हित, बोटबिरुवा एवं जीवजन्तुहरूको संरक्षण उब्जाउ माटो शुद्ध पानी र स्वच्छ हावा जस्ता वातावरणीय पद्धतिसहित जैविक क्षेत्रलाई सन्तुलित राख्ने काममा निर्भर गर्दछ । आज पृथ्वीको स्थायित्व, विविधता र सौन्दर्यताको रक्षा गर्नु पवित्र उद्देश्य हो । यसका लागि समय–समयमा सेमिनार गोष्ठीको आयोजनामार्फत सर्वसाधारणमा वातावरणप्रति जागरुक गराएर पृथ्वीलाई प्रदूषण मुक्त बनाउन सदा प्रोत्साहित गराउनु हो । 

महत्व : पृथ्वी हाम्रो अन्नदाता तथा जीवनदाता जस्तो पवित्रभूमिको महत्वलाई बुझेर हामी सबैले पृथ्वीलाई सफा र सुन्दर राख्न र अन्य जीव वनस्पतिको सुरक्षामा सबैले समानरूपले बाँच्न पाउन पृथ्वीलाई पुनः पुरानै अवस्थामा फर्काउने हिसाबले प्रत्येक वर्ष २२ अप्रिललाई पृथ्वी दिवसको रुपमा मनाउँदै आइरहेका छौं । 

समस्याहरू : तीव्र गतिमा बढ्दो औद्योगिकरण, शहरीकरण, आधुनिकरण, जनसंख्या वृद्धि, गरिबी र अशिक्षाका कारण पृथ्वीमा  अत्यधिक मात्रामा प्रदूषण बढ्दै गएको छ । पृथ्वीमा थुप्रिदै गरेको फोहोरका कारण विषाक्त वातावरण वायु पदूषण, जलप्रदूषरण, ग्लोबल वार्मिंग र त्यस्ता वातावरणीय विषयहरूका कारण पृथ्वीमा स्वस्थ्य जीवनको अस्तित्वका लागि वर्तमान परिस्थितिहरू ज्यादै  चुनौतीपूर्ण बन्दै गएका छन् । 

त्यसबाट उत्पन्न परिस्थितिले जल स्थल वायु अन्तरिक्षसम्मकै वातावरणमा असन्तुलनले गर्दा मौसम परिवर्तनमा असर पुर्याएको छ भने तापक्रममा वृद्धि अनावृष्टि अतिवृष्टि भूस्खलन बाढी सुख्खा भूकम्प सुनामी चट्ट्याङ्ग हावाहुरी आदिको प्रकोपले वर्षिनी करोडौंको धनमालको नोक्सानी बेहोर्दै आइरहेको यथास्थितिबाट हामी सबै अवगत छौं । यस्तो परिस्थिति सिर्जना हुनुमा मुख्यतः हामी आफँै र त्यसपछि राज्यको पंगु नीतिहरू पनि उत्तिकै दोषी रहेका छन् । 

समाधानको उपाय : पृथ्वीको बढ्दो तापक्रमले एउटा भयानक स्थिति उत्पन्न हुने सम्भावना हामीले ख्याल ठट्टाको विषय बनाइनु हुन्न । पृथ्वीमा प्रदूषण फैलाउनुको अर्थ हो, वायुमण्डल र जलमण्डलबीचको सन्तुलन बिग्रनु हो । यस समस्याको न्यूनीकरणका लागि हामी सबैले सक्दो रुपमा पदूषण फैलिनबाट रोकौं, रुख बिरुवा रोपौं । वन जंगल विनास हुनबाट जोगाऔं किनकि पर्यावरण सन्तुलन कायम गर्न रुख बिरुवाको भूमिका महत्वपूर्ण मानिन्छन् ।

तसर्थ, पृथ्वीमा जम्मा भएका फोहोरलाई मोहोरमा बदल्न आवश्यक प्रविधिहरू अपनाउने । यसै किसिमले २० माइक्रोन भन्दा कम पोलिथिन झोला र पराग गुट्का जस्ता वस्तुमाथि कडाइका प्रतिबन्ध गर्ने, सुख्खा तथा बन्जरभूमिमा उद्योगहरू स्थापना नीति लागू गरिनुपर्छ । त्यसरी नै उद्योगहरूबाट निस्कने पदूषणलाई नियन्त्र गर्न आवश्यक प्रविधि अपनाउने, वृक्षारोपण कार्यक्रमलाई गाउँघर सहायकमार्ग, राजमार्गको दुवै किनारा र नाङग्गा डाँडापाखाहरूमा एउटा अभियानको रुपमा अघि बढाउन आवश्यक छ ।

यसैगरी  ब्याट्री तथा हाइड्रोजनबाट चल्ने गाडीहरूको प्रयोगमा जोड दिने, जनसंख्या वृद्धि, गरिबी निवारण र सुकुम्बासी समस्या जस्ता सरोकार राख्ने वातावरणका विषयलाई कक्षा सात आठदेखि नै पाठ्य पुस्तकमा अनिवार्य गराएर भविष्यको पुस्तालाई जिम्मेवार बनाइनुपर्छ । तत्तसम्बन्धी नीति निर्माण गरी सरकारी तबरबाट पनि समाधानमा त्यतिकै तदारुकता अपनाउन जरुरी देखिन्छ । 

पृथ्वी दिवसबारे यतिको चर्चा गरेर विश्वकै प्रमुख अभियन्ता ग्रेटा थनबर्गको चर्चा गरिएन भने पृथ्वी दिवस अपुरो हुनेछ । स्वीडेनकी ग्रेटा थनबर्ग ८ वर्षको उमेरदेखि नै वातावरणबारे रुचि राखेर बुझ्न थालिन् । क्रमशः ठूली हुँदै र बुझ्ने भएपछि उनले स्टकहोममा १८ महिना डिजिटल माध्यमबाट जलवायु परिवर्तनको विषयमा अभियान छेडिन् ।

त्यसपछि सन् २०१८ मा स्वीडेनको संसद् अगाडि जलवायु परिवर्तनका मुद्दामा ठूलो विरोध प्रदर्शन गरिन् । त्यसबेला उनी १५ वर्षकी थिइन् । स्वीडेनका स्कुलहरूमा हरेक हप्ता ‘फ्राइडे फर फुचर’ को सन्देशमार्फत् हडताल गरी विद्यार्थीहरूलाइ गोलबन्ध गर्न थालिन् । जसले गर्दा ब्यापकस्तरमा जनसमर्थान बढ्न थाल्यो । पर्यावरण असन्तुलनको मुद्दा विश्वस्तमा नै पुर्याउन थालिन् । 

सन् २०१९–२०२० सम्म उनी निकै सक्रिय रहिन् । त्यसपछि सन् २०२३ को गर्मीमा पुनः स्कुल हड्ताल गरेर वातावरण परिवर्तनको अभियानमा निरन्तर लागिरहिन् । 

उनले १५ मार्च २०१९ मा जलवायु परिवर्तनको एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा दुई सय भन्दा बढी देशहरूको सामाजिक संघ संगठनहरूको उपस्थिति थियो । त्यहाँ सम्बोधनका क्रममा विलाशी जीवन पद्धतिका कारण उत्पन्न परिस्थितिप्रति कडा विरोध गरिन् । राष्ट्र प्रमुखहरूलाई समय रहँदै उचित निर्णय लिन अनुरोध गरिन् । 

अत्यन्त भावुक हुँदै भनिन्, ‘अझै पनि केही बिग्रेको छैन । विगत पुस्ताका कार्यशैलीले हामीलाई जिम्मेवार बनाएको छ । यो एउटा अस्तित्वको लडाईं हो र यो मानव जातिले सोचेभन्दा गम्भीर संकट हो ।’

उनले जलवायु परिवर्तनका सवालमा विश्वको ध्यानाकर्षण गराएकी हुनाले शोधकर्ताहरूसमेत बालबालिकाहरूको रुचि र सक्रियताले धेरैलाई ब्यूँझाएको छ । त्यसमा पनि स्वीडिस बच्चाहरूले देखाएको सक्रियता ५० वर्षभन्दा पहिलेका पुराना राजनीतिक संस्कृतिविरुद्ध चोटिलो प्रहार गर्न पछि नपर्ने बहादुर छोरीको रुपमा बुझ्नु उपयुक्त हुनेछ । 

सारांश : मानव विकास भनेको धेरै हुनुमा छ, धेरै थुपार्नुमा होइन । हामीलाई आवश्यक पर्ने कुरा उपलब्ध हुने र हाम्रा कामहरूले वातावरणमाथि पार्ने असरलाई घटाउने ज्ञान प्रविधि हो । विश्वब्यापी नागरिक समाजको उद्देश्य प्रजातान्त्रिक र मानवीय विश्वको निर्माण गर्न नयाँ अवसरहरू सृजना गरेको छ । हाम्रो वातावरणीय आर्थिक राजनीतिक सामाजिक र आध्यात्मिक चुनौतिहरू अन्तरसम्बन्धित छन् ।  

हामीले विकास प्रगति र आधुनिकताको नाउँमा निर्माण गरेको कंक्रिटका जंगलहरूले पृथ्वीमा पदूषण र तापक्रम अत्यन्तै बढायौं । त्यसको परिणामस्वरूप हामी बसेको भूमिमा पानीको हाहाकारको संकेतले पृथ्वी बन्जर बन्ने सम्भावना देखिन्छ । यस्ता गम्भीर विषयमा हामीले वर्तमान पिँढी र आउँदो पिँढीलाई पानीको संरक्षणका लागि जनचेतना जगाउन कदापि पछि पर्नुभएन । किनकि पानीविना यस पृथ्वीमा मानव मात्र होइन, सम्पूर्ण जीव वनस्पति सदाका लागि नष्ट हुनेछन् । पृथ्वीमा मानव र अन्य जीवको अस्तित्व नै लोप हुने संकेत देखिन्छ । 

अतः हामी सबैले के बुझ्न जरुरी छ भने प्रकृतिबाट प्राप्त श्रोत साधनहरूको हामीले विवेकपूर्ण किसिमले उपभोग गरिरहेका हुँदैनौं । त्यसैकारण मानवजातिले आफ्नो अस्तित्वको रक्षा गर्दा पृथ्वी रक्षाको पनि ख्याल राख्न सक्यौ भने समाधान आफैँमा भेटाउन सक्नेछौं ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro