site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
द्वन्द्व मेटिने, पहिचान भेटिने कांग्रेसको बटमलाइन हो
Sarbottam CementSarbottam Cement

यतिबेला इलाम–२ चुनावी माहौलमा होमिएको छ । मतदाताका घर–घरमा पुग्दै आफ्नो पक्षमा नतिजा पर्ने आकांक्षाका साथ अन्तिम दौडधूप चलिरहेको छ ।  संसदीय राजनीतिमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उमेदवार बनाएको छ । खड्काले गतनिर्वाचन ११४ मतले हारेका थिए । 

सभापति शेरबहादुर देउवाले घाइते उमेदवार भन्दै टिकट दिएपछि उनी चुनावी दौडमा मतदाता घर–घर मत माग्दै पुगिरहेका छन् । उनै खड्कासँग बाह्रखरीले गरेको चुनावी संवादको सम्पादित अंश :– 

–घरदैलो गरिरहनुभएको छ, माहोल कस्तो पाउनुभएको छ ?

Prabhu Bank
Agni Group
NIC Asia

घ–रदैलो अन्तिम अवस्थामा आइपुगेको छ । निरन्तर जनताको घरमा पुगेको छु । समाजसेवी भएकाले पनि मलाई जनताले रूचाएका छन् । एक पटक मेरो नेतृत्व खोजेका छन् ।

–इलाम–२ लाई वाम किल्ला मानिन्छ, कति सहज मान्नुहुन्छ यसलाई भत्काउन ?

Global Ime bank

वाम किल्ला त पहिचानवादीहरूलाई दमन गरेर र यहाँको जनतालाई पटक–पटक दिएको आश्वासन पूरा नगरेर आफैँले भत्काउनुभएको छ । अब जनता सचेत भए नि । हामीले किल्ला भत्काउनुभन्दा पनि जनता आफँै त्यसलाई तोड्न चाहन्छन् । त्यसो हुँदा साह्रो गाह्रो भन्ने यहाँ सवाल छैन ।

–अघिल्लो पटक जनताले थोरै मतले तपाईंलाई अनुमोदन गरेनन्, यसपटक अनुमोदन गर्छन् भन्ने लाग्छ ?

पटक–पटक गाउँघर, पालिका वडास्तरसम्म पुग्दा उहाँहरूले सधैँ जित्ने पार्टीसँग विश्वास उडेको कुरा सुनाउनुहुन्छ । जब जब चुनाव आउँछ, नेता आउँछन्, प्रतिवद्धता गर्छन्, जितेर गएपछि फर्केर आउँदैनन् भन्ने गुनासो उहाँहरूको छ । त्यसैले यसपटक जनताले दल र प्रतिनिधि परिवर्तन गर्छु भनेका छन् । मलाई जिताएर पठाउँछु भनिरहेका छन् । 

–कहिले पितासँग कहिले पुत्रसँग लडिरहनुपर्ने भयो हैन ?

यसलाई विरोध गर्नुपर्ने छैन । लोकतान्त्रिक पार्टी हो भनेर धेरै आवाज उठाउने एमालेकै साथीहरू उहाँलाई भारीमाथि सुपारी थपेर पठाउनुभएको छ । उहाँहरूले आफैँ १५ गते व्यालेटबाट निर्णय गर्नुहुन्छ ।

–हिजो माओवादीको साथ थियो, थोरै मतान्तर भयो । आज माओवादीको साथ एमाललेलाई छ यसले असर गर्दैन र ? 

हिजो यहाँका जनताले ‘हेभीवेट’ उमेदवारसँग हाराहारी मत मलाई दिनुभएकै हो । उहाँहरूको विश्वास मप्रति यतिखेर पनि छ भन्ने विश्वास मलाई छ । जहाँसम्म गठबन्धनको कुरा छ, गठबन्धन काठमाडौंमा भएको हो । इलाममा माओवादी साथीहरूलाई हरेक सुख दुःख र अप्ठ्यारोमा साथ दिएको छु । समाज सेवा गर्दा अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्दा मैले पार्टी, जाती, धर्म, लिङ्ग कसैको कुरा उठाएको छैन । परेको बेला निस्वार्थ भावनाले साथ सहयोग गरेको छु । काठमाडौंमा बनेको गठबन्धनले मलाई अलिकति पनि असर गर्दैन ।
  
–पहिचान र नयाँ दलको प्रभाव बढ्दो छ, दलबाट निराश भएको कुरा तपाईं आफैले उठाउनुभयो । चुनौती देखिन्छ नि हैन ?

द्वन्द्व मेटिने, पहिचान भेटिने भन्ने कांग्रेसको बटमलाइन हो । मैले एक वर्षअघि नै नामांकरणको विषयमा सच्चिनुपर्छ भनेर १४ जिल्लाकै सभापतिहरूलाई इलाममा बोलाएर प्रेस विज्ञप्ती निकालेर नै दबाब दिएपछि हाम्रै मुख्यमन्त्री बनेको बेला ३ पटक वार्ता भइसकेको छ । यसको अन्तिम टुंगो कांग्रेसले लगाउँछ । कांग्रेसभित्रै बसेर पहिचान मुद्दालाई सम्बोधन हुन्छ ।

–सम्बोधन कसरी गर्छ कांग्रेसले ? आधार पनि होला नि ?

किन हुँदैन ? यो देशमा शान्ति वार्ता भयो । राणा शासन, पञ्चायती व्यवस्था ढल्यो ज्ञानेन्द्र शासन पनि हटेकै हो नि । त्यत्रो काम गरेको कांग्रेसले एउटा नामांकनको विषयमा समाधान दिनु ठूलो विषय होइन । तर, कसैले दमन गर्न खोजको छ, त्यो हो एमाले । पटक पटक ओलीले बोलेका छन् । हामी गएर यसलाई सदनमा गएर पार्टीको तर्फबाट कुरा उठाउने र संसोधन गराउने काम हामीबाट हुन्छ ।

–धेरै बहस पहिचानमा भयो, पहिचानको मुद्दाबाहेक इलाम– २ का एजेन्डा के के हुन् ?
पहिचान टड्कारो रूपमा उठेको अहिलेको मुख्य विषय हो । त्यसबाहेक विकास निर्माण नै मुख्य यहाँका एजेन्डा हुन् । किसानका कुरा छन् । किसान मारमा परेका छन् । चिया मजदुरको पीडा पनि यहाँ छ । सहकारीका कारण जनताले दुःख पाएका छन् । यीबाहेक धेरै चाहिँ विकाससँग जोडिएका जटिल विषयहरू यहाँ छन् ।
 
–तपाईंलाई जनताले अनुमोदन गरेर यहाँबाट जिताएर पठाए भने कस्ता विषय सदनमा गुन्जाउनु हुन्छ ?

मेरो प्रतिज्ञा पहिलो पहिचानको विषय हो । म अघिदेखि बोल्दै आएको पनि छु । त्यसबाहेक किसानका हितका लागि बोल्नेछु । यस्तै मजदुर, व्यवसायीको पक्षमा पनि आवाज उठाउने छु । यो दुर्गम क्षेत्रको विकासका लागि मेरो पहल हुन्छ । शिक्षा स्वास्थ्य पशु वीमा र नगदेबाली बिक्री वितरणका विषयमा मेरो पहल रहेनछ । इलामलाई पर्यटकीय क्षेत्र बनाउने विषयमा मेरो बेजोड आवाज सदनमा गुन्जनेछ । 

–अन्त्यमा, इलाम क्षेत्र नम्बर–२ ले के खोजेको रहेछ ?
परिवर्तन र विकास खोजेको छ । यसका लागि निष्ठावान् र सुझारू अभिभावक खोजेको छ । यहाँ जनताले विश्वास गरेर, माया गरेर, यसले काम गर्न सक्छ भन्ने विश्वास राखेर बैशाख १५ को उपनिर्वाचन मलाई विजयी गराउनुहुन्छ । त्यसपछि म त्यो जिम्मेवारी पूरा गरेर छाड्छु ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय