site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीशको प्रश्न– राष्ट्रपतिले सेनालाई कू गर्न निर्देशन दिए के गर्ने ?
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकी सर्वोच्च अदालतमा बिहीबार सन् २०२०को अमेरिकी राष्ट्रपतीय निर्वाचनको क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शक्ति दुरुपयोग गर्न खोजेको अभियोगमा राष्ट्रपतिको विशेषअधिकार अन्तर्गत उनलार्ई छ्रुट हुन्छ कि हुन्न भन्ने विषयमा छलफल भएको छ ।

ट्रम्पका वकिलका तर्फबाट राष्ट्रपतिलाई छूट हुनुपर्ने दाबी गरिएको छ भने अदालतमा न्यायाधीशहरूमा राय बाझिएको छ । 

बिहीबार करिब ३ घण्टासम्म यसबारेमा छलफल भएको थियो । सर्वोच्चले जे निर्णय गर्छ त्यो अमेरिकी प्रजातन्त्रलाई आगामी लामो समयसम्म आकार दिन सफल हुने सो अवसरमा बताइएको थियो । सो अवसरमा बोल्दै न्यायाधीश नील गोर्सचले  भने, “हामी युगौँ हुने नियम लेखिरहेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस सम्बन्धी सुनुवाई अदालतको निर्णय नआउन्जेलसम्म स्थगन गरिएको छ । बिहीबारको छलफलका क्रममा न्यायाधीश एलिना कगनले ट्रम्पका वकिललाई सोधेकी थिइन, “राष्ट्रपतिले सेनालाई ‘कू’ गर्न निर्देशन दिए भने के गर्ने ?”

ट्रम्पका वकिल डीन जोहन साउर एक क्षण अलमलिएर भनेका थिए, “यो अवस्थामा निर्भर गर्छ ।”

Global Ime bank

यसैबीच राष्ट्रपति चुनावको अघिल्तिर एक अभिनेत्रीसँगको अनैतिक कार्य सार्वजनिक नहोस् भनेर घूस खुवाएको अभियोग लागेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मुद्दाका सम्बन्धमा दोस्रो दिन मंगलबार भएको सुनुवाइका क्रममा उनको बारेमा आउन सक्ने नकारात्मक समाचार रोक्न कस्तो रणनीति ल्याइयो भन्ने कुराको खुलासा गरिएको थियो ।

ट्रम्प सम्बन्धी नकारात्मक मामिला लुकाउन भूमिका खेलेका ट्याबलोइड पेपर नेशनल इन्वायररका पूर्व प्रकाशक डेभिड पेकरसँग अभियोजकले झन्डै तीन घण्टा मंगलबार प्रश्न सोधेका थिए ।

उनले अदालतको बयानमा ट्रम्प, उनका तत्कालीन वकिल माइकल कोहेन र आफूबीच ट्रम्पलाई नकारात्मक असर गर्ने समाचार लुकाउने ‘साथीहरूबीचको सहमति’ भएको जनाएका छन् । 

उनले सन् २०१६को राष्ट्रपति निर्वाचन अघि तीनवटा कुरा प्रकाशनमा नल्याउने सहमति भएको जनाएका छन् । “ती  ठूलो स्टोरी बन्न सक्थे । त्यसैले मैले ती समाचार मार्केटमा जानबाट रोकिनुपर्छ भन्ने ठाने,” उनले भने । 

केही लेखहरु प्रकाशित नगर्न पूर्व राष्ट्रपतिसँग सल्लाह भएको समेत उनले जनाएका छन् । अभियोजककले पेकर मार्फत ट्रम्पले चुनाव जित्नका लागि स्टोरीहरू रोकेर निर्वाचनलाई प्रभावित पार्न खोजेको प्रमाणित गर्न खोजेका छन् थिए ।

ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियल्ससँगको यौन सम्पर्क सम्बन्धी मामिला लुकाउन उनलाई एक लाख ३० हजार डलर घूस खुवाएको मामिलामा अभियोजक फोकस हुन खोजेका थिए ।  सोमबारबाट सुरु भएको यो सुनुवाईको क्रममा पहिलो साक्षीको रुपमा ल्याइएका पेकरले ट्रम्पलाई आफूले सन् १९८०को दशकको अन्त्यमा भेटेको र त्यसपछि राम्रो साथी भएको जनाएका छन् । 

उनीहरू दुईबीच परस्परको फाइदाजनक सम्बन्ध रहेको उनको भनाई थियो ।  जस अन्तर्गत ट्रम्पले केही एक्सक्लुसिभ सूचना उनलाई सेयर गर्ने समेत गरेका थिए ।  जसमा उनको रियालिटी टीभी शोका प्रतिस्पर्धीको बारेका विषय हुन्थे । त्यसले शो र नेशनल इन्क्वायररको भ्यूअरशिप पनि बढाएको पेकरले बताएका छन् । 

जब ट्रम्पले पहिलो पटक राष्ट्रपतीय प्रतिस्पर्धाको अभियान सुरु गरे त्यसपछि तत्कालीन कोहेन र ट्रम्पलाई आफूले सन् २०१५मा भेटेको जनाएका छन् । 

त्यतिबेला ट्रम्पको विरुद्धका लेख दबाउने र ट्रम्पको बारेका सकारात्मक समाचार प्रवद्र्धन गर्ने सहमति भएको उनले जनाएका छन् ।  सो योजना जतिसक्दो बढी गोप्य राख्ने सहमति भएको समेत उनले जनाएका छन् । 

पेकरले ट्रम्पका रोमान्टिक अफेयरहरु सम्बन्धी सूचना आएमा पनि ट्रम्पलाई जानकारी गराउने सहमति भएको जनाएका छन् ।  पेकरका अनुसार त्यतिबेला ट्रम्प ‘एन इलिजिबल ब्याचलर’ र ‘धेरै जसो सुन्दर महिलासँग डेट’ गएका व्यक्तिका रुपमा समेत चिनिन्थे ।

पेकरले केही मानिसलाई समाचार ‘क्याच एण्ड किल’ गर्न खटाइएको समेत जनाए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय