site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा आज दोस्रो चरणको निर्वाचन, केही स्थानमा मतदातालाई निःशुल्क बियर र ट्याक्सी ! 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा आज दोस्रो चरणको निर्वाचन हुन लागिरहेको छ । आज लोकसभाका लागि १३ राज्यका ८८ सिटका लागि मतदान हुनेछ । 

आज केरलाका २० सिट, कर्णाटकाका १४ सिट, राजस्थानका १३ सिट,महाराष्ट्र र उत्तर प्रदेशका ८/८ सिट,मध्य प्रदेशका ७ सिट, आसाम र विहारका ५/५ सिट, छत्तीसगढ र पश्चिम बंगालका ३/३ सिट तथा मणीपुर, त्रिपुरा र जम्मु एण्ड कश्मीर हरेकमा १/१ सिटका लागि मतदान हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो चरण अन्तर्गत १२१ सिटको लागि यही अप्रिल १९ तारेखमा भारतमा मतदान भएको थियो । विभिन्न सात चरणमा हुन लागेको भारतको निर्वाचन जुन १ मा सकिनेछ । दक्षिण भारतीय सहर बेंगलुरुमा धेरै कम्पनीहरुले लोकसभा चुनावमा मतदान गर्ने मतदातालाई निःशुल्क खाना, बियर र ट्याक्सी चढ्ने सुविधा अफर गरेका छन् ।

कर्णाटकाको बेंगलुरुमा अक्सर कम मतदाता विगतमा सहभागी हुने गरेका थिए ।  त्यसैले यसपटक धेरै भन्दा धेरैलाई आकर्षित गर्न यस्ता अफर गरिएको जनाइएको छ । त्यसैले होटल, ट्याक्सी र अन्य कम्पनीहरुले यस्तो अफर गरेका हुन् ।

Global Ime bank

जस अन्तर्गत निःशुल्क बियर र स्वास्थ्य चेकजाँचको अफर पनि रहेको छ । ती सुविधाको लागि मतदाताले औंलामा मतदान गरेपछि लगाइने मसी देखाउनुपर्ने जनाइएको छ ।  सो राज्यको उच्च अदालतले निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी खाना निःशुल्क वा डिस्काउन्टमा दिन होटल एशोसिएसनलाई आग्रह गरेको थियो । 

कतिपय होटलहरुले मतदातालाई निःशुल्क कफी र डोसा समेत अफर गरेका छन् । सन् २०१९को आम चुनावमा बैंगलोरमा केवल ५३ दशमलब ७ प्रतिशत मात्रै मतदान भएको थियो । (बीबीसी तथा अन्य एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय