site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यौन उत्पीडकबारेको न्यूयोर्क अदालतको निर्णय ‘धोका’
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । अमेरिकी नायिका आश्ले जुडले फिल्म निर्माता हार्भे वेन्स्टनसम्बन्धी मुद्दा उल्ट्याउने न्यूयोर्क पुनरावेदन अदालतको निर्णय धोका भएको जनाउँदै यो दिन आफूहरूका लागि कठिन रहेको बताएकी छन् ।

उनी वेन्स्टनलाई यौन दुर्व्यवहाको आरोप लगाउनेमध्येकी पहिलो महिला हुन् । न्यूयोर्क उच्च अदालतले वेन्स्टनसम्बन्धी २०२०को बलात्कारसम्बन्धी फैसलालाई पुनः सुनुवाइ गर्ने निर्णय गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

जुडले अदालतको निर्णयले पुरुष यौन हिंस्रकका पीडितलाई धोका दिने काम गरेको बताइन् । जुडसहित अन्य महिलाहरूले २०१७ मा ‘मि टू’ अभियान चलिरहेको बेलामा न्यूयोर्क टाइम्सको आलेखमार्फत वेन्स्टनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । जुडले  वेन्स्टनले सन् १९८८ मा आफूले यौन कार्य गर्न अस्वीकार गरेका कारण डिफेम गर्ने काम गरेको भन्दै मुद्दा दर्ता गरेकी थिइन् ।

२०२० को फेब्रुअरीमा वेन्स्टेनलाई आपराधिक यौनकार्य र बलात्कारको मुद्दामा २३ वर्षको जेल सजाय तोकिएको थियो । तर, बिहीबार न्यूयोर्क पुनरावेदन अदालतले उनी माथिको ट्रायल पूर्वाग्रहपूर्ण देखिएको जनाएको थियो । अदालतले नयाँ ट्रायल गर्नको लागि आदेश दिएको थियो  ।

Global Ime bank

वेन्स्टनमाथि आरोप लगाउने क्यालिफोर्नियाका गभर्नर गभीन न्युजोमकी पत्नी जेनिफर साइबेल न्युजोमले एकजना सिरियल यौन दुव्र्यवहार गर्ने व्यक्तिबाट पीडित असंंख्य महिलाका लागि यो निराशाको दिन भएको प्रतिक्रिया दिएकी छन् । 

७२ वर्षीय वेन्स्टेनले भने यौनजन्य कार्य सहमतिमा भएका होइनन् भन्ने कुरा अस्वीकार गरेका छन् । उनी अहिले न्यूयोर्कस्थित जेलमा रहेका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय