गाजा । इजरायली सेनाको आक्रमणमा दक्षिणी गाजामा मारिएकी महिलाको गर्भबाट जीवित निकालिएको एक शिशुको पनि मृत्यु भएको छ । राफाह अस्पतालको सिजरिङ सेक्सनमा चिकित्सकहरूले ह्यान्ड पम्प प्रयोग गरेर ती शिशुको फोक्सोमा अक्सिजन पुर्याउने काम गरेका थिए ।
यद्यपि, उनको बिहीबार मृत्यु भएको हो । उनको शव उनकी आमाको चिहान नजिकै पुरिएको छ । उनीहरू बस्ने घरलक्षित बमबारी भएको थियो । इजरायली सेनाले भने आफूहरूले हमासका फाइटर र पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।
शिशुकी आमा साढे सात महिनाकी गर्भवती थिइन् । उनीहरु बस्ने अल सकानीस्थित घरमा इजरायली सेनाले एयर स्ट्राइक गरेको थियो । त्यतिबेला मध्यरात थियो । शिशुका पिता शुक्री र तीन वर्षीया दिदी मलक सुतिरहेका थिए । सबै मारिए । तर, घाइते देखिएकी शिशुकी आमालाई उद्धार दलले तत्काल अस्पताल लगे ।
चिकित्सकले उनलाई इमर्जेन्सी सिजरिङ सेक्सनमा लगे । त्यतिबेला उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए । सिजरिङपछि शिशु निकालियो, त्यतिबेला उनको तौल १ दशमलब ४ केजी थियो । उनको श्वासप्रश्वास देखेर चिकित्सकले उनी प्रिम्याचुअर रूपमा जन्मेकोले बचाउन नसकिएको बताए ।
उनकी मामा घरकी हजुरआमा मिर्भल अल सकानीले बताएअनुसार उनको परिवारले ती शिशुलाई ‘एडप्ट’ गर्ने सोचेको भए पनि बिहीबार उनको मृत्यु भएको हो । बीबीसी