site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
इजरायलस्थित नेपाली दूतावासले भन्यो– अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कनू

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । स्थानीय समयानुसार आइतबार बिहान इरानले इजरायली भूमिमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेपछि दूतावासले उक्त आग्रह गरेको हो ।

“अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ,” इजरायलस्थित नेपाली दूतावासद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानले आक्रमण सुरु गरेपछि इजरायली होम फ्रन्ट कमान्डले सर्वसाधारणका निम्ति नयाँ निर्देशन जारी गरेको दूतावासले जनाएको छ । नयाँ निर्देशनमा सोमबार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्न भनिएको छ ।

नेपाली दूतावासले आवश्यक सुरक्षाका निम्ति नेपालीलाई स्थानीय सुरक्षा ‘प्रोटोकल’को पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन अनुरोध गरेको छ । 

Global Ime bank

इजरायलमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो परे दूतावासको द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा फोन गर्न दूतावासले भनेको छ ।

इरान र इजरायलबीच तनाब बढेपछि परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्ला अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन पनि निर्देशन दिइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu