विदेश
काठमाडौं । क्रिकेटरबाट राजनेता बनेका इमरान खानले बुधवारबाट सरकार बिरुद्ध सुरू हुने भनिएको आन्दोलन रद्द गरेको समाचार संस्था रोयटर्स बताएको छ ।
तारिक-ए-इन्साफ पार्टीका अध्यक्ष खानले बिरोध प्रदर्शनको सट्टा पार्टीका कार्यकर्तालाई विजय उत्सवको जुलुस निकाल्न भनेका छन् ।
खानले पानामा पेपर्स लिकमा उल्लेखित प्रधानमन्त्री नवाज शरिफको परिवारका विभिन्न कम्पनीसँग सम्बन्ध रहेको भनेर नाम जोडिएको विषयमा सर्वोच्च अदालतले जाँच गराउन आदेश दिए पछि बिरोध कार्यक्रम फिर्ता लिइएको बताइएको छ ।
यस अघि सरकारले उनको जाँच गराउने माग अस्वीकार गरेपछि इमरान खान अदालत गएका थिए ।
मंगलवार पाकिस्तानको सुप्रिम कोर्टले एक न्यायिक आयोग बनाएर प्रधानमन्त्री नवाज शरिफको परिवारका सदस्य बिरुद्ध लागेको भ्रष्टाचारको आरोप माथि जाँच गराउने बताएको छ ।
गत वर्ष सार्वजनिक भएको पानामाको मोसाका फोन्सेका ल फर्मको कागजातमा शरिफका एक छोरी तथा दुई छोराका ब्रिटिस भर्जिन आइल्यान्ड्समा अफसोर होल्डिङ कम्पनीहरु दर्ता रहेको उल्लेख गरेको थियो ।
विश्वमा कर छल्न र त्यसको कारवाहीबाट बच्नका लागि यस्तो कम्पनीहरु खोल्ने गरेको पाइन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १५:०२
प्रतिक्रिया दिनुहोस्