site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्पेनकाे गोदाममा विस्फोट : तीनजनाको मृत्यु 

काठमाडौं । स्पेनको दक्षिणपूर्वी सहर इबीमा रहेको एउटा कारखानामा बुधबार भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । घटनामा तीनजना गम्भीर घाइते भएका छन् । 

भ्यालेन्सिया क्षेत्रका लागि स्पेनी सरकारी प्रतिनिधि पिलार बर्नाबेले एलिसेन्टेबाट करिब ३५ किलोमिटर टाढा इबीको इन्डस्ट्रियास क्लाइम्बर कारखानामा भएको विस्फोटमा मृत्यु भएको पुष्टि गरेका छन् । बेर्नाबेले विस्फोट हुँदा भवनको छाना र पर्खालको केही भाग भत्किएको र धेरै मानिस भग्नावशेषमा फसेको बताए । 

विस्फोटबाट गम्भीर घाइते भएका तीनजनालाई नजिकैको एलिसेन्टे, भ्यालेन्सिया र अल्कोयका अस्पतालमा लगिएको छ । विस्फोटमा परी थप तीनजना सामान्य घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro