site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेका समर्थकले विमानस्थलबाहिर गरे नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले त्रिभुवन विमानस्थलबाहिर नाराबाजी गरेका छन् । रविलाई विमानस्थलबाट बाहिर निकाल्ने क्रममा विमानस्थलबाहिर भेला भएका रविका समर्थकहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायत नारा लगाएका थिए ।

Argakhachi Cement Island Ad

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो ।

गएको कात्तिक २ गते रविलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्