site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्लाइमेट डेब्ट : संसारको सबैभन्दा ठूलो चुक्ता नगरिएको ऋण !

काठमाडौं । अजरबैजानमा भएको कोप–२९ सम्मेलनमा विकसित र धनी देशले विकासोन्मुख देशलाई जलवायु परिवर्तनसँग जुध्न वार्षिक ३०० बिलियन डरल दिने सम्झौता गरे । विकासोन्मुख १३४ देशले १.३ ट्रिलियन माग गरेका थिए । तर, धनी देशहरूका अगाडि गरिब र विकासोन्मुख देशको केही चलेन ।

अजरबैजानको राजधानीमा भएको कोप–२९ को कार्यक्रम स्थलमै भारतले ३०० बिलियन डलरको सम्झौता नै नमान्ने घोषणा गर्‍यो ।

जलवायु परिवर्तनमा कुनै भूमिका नभए पनि जलवायु परितर्वनको अत्याधिक मार खेपिरहेका देशहरूलाई जलवायु परिवर्तनका कारक देश र कम्पनीले तिर्ने रकम हो– ‘क्लाइमेट डेब्ट ।’

Dabur Nepal
NIC Asia

अजरबैजानको सम्झौताअनुसार, प्रदूषक देशहरूले विकासोन्मुख र प्रदूषण नगर्ने देशहरूलाई सन् २०३५ सम्म प्रत्येक वर्ष ३०० बिलियन डलर दिनेछन् । दुई हप्ताको रस्काकस्सीपछि ३०० बिलयन डलरमा सहमति भयो । तर, यो सहमतिअनुसारको रकम पनि विकासोन्मुख देशले पाउँछन कि पाउँदैनन् भन्नेमा शंका छ । किनभने यसभन्दा पहिले पनि यस्तै वाचा गरिएका थिए । तर, ती वाचा कहिल्यै पूरा भएनन् ।

प्रदूषक देशहरूले २०३५ सम्म ३०० बिलयन डलर दिने वाचा गरिरहँदा सन् २०३० सम्म पुग्दा जलवायुको जोखिममा रहेका देशले २९० देखि ५८० बिलियन डलर गुमाउने छन् । र, यो रकम २०५० सम्म करिब दुई ट्रिलियन हुनेछ ।

जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख देशहरूलाई प्रदूषक देशहरूले तिर्ने ‘क्लाइमेट डेब्ट’लाई संयुक्त राष्ट्र संघले आर्थिक र नैतिक न्यायका रूपमा व्याख्या गर्ने गर्छ ।

यही वर्षको सुरुवातमा प्रकाशित एक अध्ययन अनुसार, सन् १९९० देखि २०१४ सम्म अमेरिकाले गरेको जलवायु परिवर्तनको भुक्तानीमात्र करिब दुई ट्रिलियन हुन आउँछ । यही अवधिमा चीन, रुस, भारत र ब्राजिलले संयुक्तरूपमा जलवायु परिवर्तनमा खेलेको भूमिकाको मूल्य ४.१ ट्रिलियन डलर हुन आउँछ । यो कुल रकम वार्षिक विश्वको कुल गार्हस्थ उत्पादनको ११ प्रतिशत हो ।

के हो क्लाइमेट डेब्ट ?

जलवायु परिवर्तनका मुख्य कारक देश र कम्पनीहरूले जलवायु परितपर्वनमा भूमिका नभएका विकासोन्मुख देशलाई दिने क्षतिपूर्ति हो, ‘क्लाइमेट डेब्ट’ । सन् १९९० को दशकमा यो अवधारण विकसित भएको थियो ।

सन् १९९२ मा ब्राजलिको राजधानी रियो डी जेनेरियोमा भएको संयुक्त राष्ट्रसंघीय पृथ्वी सम्मेलनले विकसित देशहरूले जलवायु परिवर्तनको बढी जिम्मेवारी लिएर विकासोन्मुख देशलाई जलवायु परिवर्तनको सामना सहयोग गर्नुपर्ने अवधारणले औपचारिकता पायो ।

सन् २०१५ को पेरिस सम्झौताले जलवायु न्यायको अवधारणालाई झन् सशक्तरूपमा प्रस्तुत गर्‍यो । धनी र प्रदूषकहरूले गरिब तथा विकासोन्मुख देशलाई क्षतिपूर्ति तिर्नुपर्न तय भयो ।

‘क्लाइमेट डेब्ट’को अवधारणले धनी तथा प्रदूषक देशहरूले जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई अनुदान, सहायता, स्वच्छ ऊर्जा र दिगो विकासका प्रविधि प्रदान गर्ने तय गरेको छ ।

तर, विकसित, धनी र प्रदूषक देशहरूले विकासोन्मुख देशलाई जलवायु परितर्वनसँग जुध्न पर्याप्त सहयोग गरेका छैनन् । सन् २००९ को कोपनहेगन जलवायु सम्मेलनममा २०२० सम्ममा विकसित देशहरूले हरेक वर्ष १०० अर्ब अमेरिकी डलर विकासोन्मुख देशहरूको सहयोगका लागि उपलब्ध गराउने वाचा गरेका थिए ।

तर, सन् २०३५ सम्मका लागि नयाँ सम्झौता भइसक्दा पनि यो रकम अहिलेसम्म वितरण भइसकेको छैन । कतिपय धनी प्रदूषक देशहरूले त यो क्षतिपूर्तिको रकम पनि अनुदानको सट्टा ऋणका रूपमा दिन्छन्, जसले गर्दा विकासोन्मुख देशहरू थप आर्थिक दबाबमा पर्छन् ।

अजरबैजानमा भएको कोप–२९ मा करिब दुई हजारको हाराहारीमा जीवाश्म इन्धनको पक्षपातीहरू सहभागी थिए । आयोजक देश आफैँ जीवाश्म इन्धनको पक्षपाती हो । त्यसैले पनि यसपटकको कोप–२९ सफल भएको मान्न तयार छैनन्, जानकारहरू ।

यस वर्ष भएको सम्झौता अनुसार, वार्षिक ३०० बिलियन डलर सम्झौताको धेरे देशले विरोध गरेका छन् । कार्यक्रमस्थलमै विरोध प्रदर्शनसमेत भयो । यो रकमलाई धेरैले विकासोन्मुख देशलाई लज्जित बनाउने खालको भनेर विरोध गरिरहेका छन् ।

धनी र जलवायु परितर्वनका कारक देशहरूले विकासोन्मुख देशहरूलाई दिने भनेर वाचा गरेको रकम दिदैनन् । त्यसैले ‘क्लाइमेट डेब्ट’लाई विश्वकै सबैभन्दा ठूलो ‘चुक्ता नगरिएको रकम’ वा ‘अनुत्तरित जिम्मेवारी’ भन्ने गरिन्छ ।

सन् २००९ मा, विकसित देशहरूले विकासोन्मुख देशहरूलाई जलवायु परिवर्तनको असर कम गर्न र त्यससँग अनुकूलन गर्न सन् २०२० सम्म चार हजार १०० अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेका थिए । तर, विकसित देशले सन् २०२२ मा यो वाचा पूरा गरे । वाचा पूरा गर्दा धनी देशहरूले आफूले दिएको ऋणलाई पनि ‘क्लाइमेट डेब्ट’ भन्ने गरेका छन् ।

विभिन्न अध्ययन अनुसार, अहिलेसम्म ‘क्लाइमेट डेब्ट’को कुल अनुमानित रकम ४३४ ट्रिलियनदेखि ४५७ ट्रिलियन डलर छ । अर्थात्, प्रदूषक देश र कम्पनीहरूले गरेको प्रदूषणको मार खेपिरहेका विकासोन्मुख देशहरूलाई तिनुपर्ने रकम अथाह छ । तर, प्रदूषक, जीवाश्म इन्धनका मुख्य उत्पादक नै जलवायु सम्मेलनका आयोजक हुने गर्छन् । जलवायु न्यायमा उनीहरूकै हालिमुहाली हुने हुँदा यो रकम विकासोन्मुख देशले पाउन मुस्किल छ ।

बीबीसीका अनुसार, प्रदूषक देशहरूले विकासोन्मुख देशलाई दिनुपर्ने ‘क्लाइमेट डेब्ट’ जति धेरै दिए पनि कम हुन्छ । तर, विकासोन्मुख देशलाई दिनुपर्ने रकम बढाउनुको सट्टा प्रदूषक देश र कम्पनीहरू यो रकम घटाइरहेका छन् ।

जलवायु परिवर्तनका कारण सन् २०२५ सम्म २१ करोड ६० लाख मानिसहरू घरबारविहीन हुने अनुमान छ । एकातिर जलवायु न्याय र ‘क्लाइमेट डेब्ट’मा प्रदूषकहरूको रजगज चल्छ भने अर्कोतिर विकासोन्मुख देशहरू निरन्तर जलवायु परिवर्तनको चपेटामा  परिरहेका छन् ।

डीडब्लू, अर्थ, बीबीसी, अल्जजिराको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro