काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन रविलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो ।
उनलाई काठमाडौं ल्याउन लागिएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
कडा सुरक्षा व्यवस्थाका बीच रविका समर्थकहरूले विमानस्थलबाहिर नाराबाजी गरे । उनीहरूले ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायत नारा लगाएका थिए ।
गएको कात्तिक २ गते रविलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।