site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खुकुरी रमको ‘लक्जरी एडिसन’लिमिटेड कास्क सिरिज, हरेक बोतलले रच्दैछ इतिहास ! 
SkywellSkywell

काठमाडौं । तपाईं नेपालसहित विश्वका जुनसुकै स्थानमा रहेर सिंगल माल्टल वा अति विशिष्ट प्रकारका मदिराको  पारखी हुनुहुन्छ ? हुनुहुन्छ भने त्यही स्तरको कास्क सिरिजको रम नेपालमै उत्पादन भएको छ । जुन विश्वका विभिन्न देशमै पुग्दैछ । खुकुरी रमको निर्माता नेपाल डिस्टिलरिज लिमिटेड (एनडीपीएल)ले यस्तो सिरिज सार्वजनिक गर्दै विश्वबजारमा पुर्‍याउँदैछ ।

जुन उत्पादनलाई कम्पनीले ‘अतुलनीय गुणस्तरको’ भनेको छ । 

कम्पनीकैअनुसार नेपाली शिल्पकलाको पूर्णतः प्रयोग गरी उत्पादन गरिएको र उत्कृष्ट रमहरूको विश्वव्यापी सूचीमा समावेश गर्न सफल भएको कम्पनीको धारणा छ ।  

KFC Island Ad
NIC Asia

दि नेपाल डिस्ट्रिलरिज नेपालको पुरानो डिस्टिलरिज कम्पनी हो । जसले ६५ वर्षको इतिहास बोकेको छ । बजारमा सार्वजनिक भएको कास्क रिसिजको रमले उच्च कोटीका रममा सिंगल माल्टका पारखीलाई नयाँ स्वाद दिने अपेक्षा छ ।

kaskroom2-1732765609.JPG
 

Royal Enfield Island Ad

र, नेपालकै शिल्पकारले उत्पादन गरेको रम विश्वस्तरका महंगा ब्रान्डको प्रतिष्पर्धी भएको कम्पनीको दाबी छ ।

खुकुरी ब्रान्ड अन्तर्गत रम उत्पादक कम्पनीले विशिष्ट प्रकारका रम र सिंगल माल्टका पारखीहरूलाइ ध्यानमा राख्दै खुकुरी लिमिटेड कास्क सेरिज उत्पादन गरेको बताएको छ । साथै यस शृङ्खलामार्फत  विश्वमा नेपालले पनि प्रिमियम रम उत्पादन गर्न सक्छ भन्ने विश्वास रहेको छ ।

कास्क सिरिजको रमका हरेक बोतलले फरक–फरक इतिहास बोकेका छन् । यस सिरिजको रम बनाउन वर्षाैंको रिसर्च, इन्नोभेसन र डेडिकेसन चाहिने हुँदा यसको उत्पादन जटिल रहेको र उत्पादित रम पनि त्यहीअनुसारको रहेको कम्पनीले जनाएको छ । 

यसरी उत्पादित हरेक बोतलमा छुट्टै नम्बर कायम गरिएको छ । कतिपय पारखीले आफूलाई मन पर्ने नम्बरसहितको बोतल पनि अर्डर गरिसकेका छन् । 

त्यसले कुन कास्कको ब्यारेलबाट, कहिले र कसरी रम बन्यो भन्ने इतिहास कायम राख्नेछ ।

दि नेपाल डिस्ट्रिलरिजले कास्क सिरिज अन्तर्गतको पहिलो संस्करण ‘स्मोक्ड फिनिस’का ५२०० बोतल मात्रै उत्पादन गरेको कम्पनीका जनरल म्यानेजर सुभास लामिछानेले बताए ।

‘स्मोक्ड फिनिस’ भनिएको उक्त कास्क सिरिजको पहिलो संस्करणले गाढा र नवीन स्वाद पस्किएको बताइएको छ ।

kaskroom3-1732765622.JPG
 

चारिङ (भित्रबाट डढाएका) कास्कमा गरिने अद्वितीय एजिङ प्रक्रियाले यसको स्वाद सिर्जना गरेको र यो प्रक्रियाले रमलाइ स्मोकी, हल्का स्पाइसीजस्ता विभिन्न जटिल तर पारखीहरूका लागि प्रिय स्वाद एवम् प्रदान गरेर रमलाई पुरक प्राकृतिक स्वाद दिएको छ ।

कास्क सिरिजको रम उत्पादन गर्दा प्रयोग गरिएको प्रक्रिया र यसका लागि प्रयोग हुने विभिन्न प्रकारका कास्क गर्दा स्मोकी, हल्का जलेको काठको सुगन्ध, र सुक्ष्म मसलाजस्ता विभिन्न स्वाद एवम् सुगन्धका कारण अति विशेष खालले तयार पारिएको हुँदा कुनै पनि उत्पादनसँग तुलना गर्नै नमिल्ने कम्पनीले जनाएको छ ।

यस सिरिजमा उत्पादन गरिएका ५२ सय बोतलमध्ये नेपालमा पहिले १२ सय तयारी गरिए पनि माग बढेको हुनाले १६ सयसम्म राखेर बाँकी विदेश निर्यात हुनेछ ।

यो प्रकृतिको पहिलो संस्करणमा जम्मा ५२सय बोतलमात्रै उत्पादन हुनेछ ।  यो प्रिमियम रमको एक बोतलको मूल्य दश हजार रुपैयाँ पर्नेछ ।

कसरी बन्छ कास्क सिरिजको रम ?

कुनै पनि मदिरालाई म्याचुअर वा परिपक्क बनाउन कास्कको प्रयोग गरिन्छ । 

कास्क भनेको विभिन्न किसिमका काठबाट  बनाइएको एक किसिमको भाँडो हो । यस्तो कास्क वा ब्यारेल बनाउन कुन–कस्तो काठ प्रयोग गर्ने, सिजनिङ कसरी गर्ने भन्ने लामो अनुसन्धान गरिएको थियो ।

सिजनिङको प्रक्रिया पूरा गर्नै निकै धेरै विज्ञता र दक्षता आवश्यक पर्ने कम्पनीले जनाएको छ ।

shotnosing-1732765636.JPG
 

उखुको मोलासिसबाट सुरू गरी फर्मेन्सन, डिस्टिलेसन र उच्च कोटीका विभिन्न कच्चा पर्दार्थको छनोट गरी सावधानीपूर्वक छानिएका कास्कमा एजिङ गर्ने काम सम्पूर्ण रूपमा नेपालमै र नेपाली कच्चा पदार्थ प्रयोग गरी खुकुरीले यो अति विशेष खालको रम उत्पादन गरेको जनाएको छ ।

“उखुको मोलासिसदेखि कास्कसम्म, सुरुदेखि अन्त्यसम्म सबै कुरा नेपालमै बनाएर नेपालमा पहिलोपटक कास्क एजिङ प्रक्रियाबाट हामी विश्वस्तरको प्रिमियम रम बनाउन सफल भएका छौं,” लामिछानेले भने,“यो कम्पनीका लागि त गौरवको कुरा हो सँगै नेपालका लागि पनि ।”

सम्पूर्ण नेपाली कच्चा पदार्थ प्रयोग गरी नेपाली शिल्पकारले नै तयार पारेको विश्वस्तरका प्रिमियम ब्रान्डसँग प्रतिष्पर्धा गर्न सक्ने उत्पादन नेपालमै हुनुले नेपालीका लागि पनि गौरव भएको लामिछानेको तर्क छ ।

कास्क एजिङ पद्धतिबाट उक्त रमलाई परिपक्क बनाउन निश्चित पद्धति र प्रक्रिया अपनाएर काठको छनोट गरी सो कास्क  अथवा भाँडो बनाएर त्यसमा रम राखिन्छ ।

कास्क पनि कस्तो रम बनाउने भन्ने किसिमले चार्ड (भित्रि भाग जलाएको) ब्यारेल, अन्र्चाड ब्यारेललगायत फरक फरक तरिकाको बनाइन्छ ।  कम्पनीले सबै किसिमका ब्यारेलबाट फरक–फरक किसिमको रम उत्पादन गरिरहेको छ ।

भर्खरै बजारमा ल्याइएको कास्क सिरिजको पहिलो संस्करण भित्र जलाइएको ब्यारेलमा रमलाई लामो समय एजिङ गरेर तयार गरिएको छ । चार्ड ब्यारेलबाट म्याचुरेसन वा एजिङ गर्दा कति जलाउने, कति समय राख्ने, समयानुसार जाँच गर्नेजस्ता अनेकौं कुराहरूलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । 

कास्कको स्वाद र गुण

सामान्य मदिरा र अन्य रमभन्दा फरक कास्कमा राखेपछि त्यसले रम स्मुथ बन्नुका साथै त्यसको गुणबत्तामा निकै ठूलो फरकपना ल्याउने छ । अर्कातिर कास्कको अथवा काठको आफ्नै स्वाद, सुगन्धसहित नयाँ गुणहरू पनि रममा मिश्रित हुन्छ ।

“कास्कमा राखेपछि आवश्यक गुणहरू रमले प्राप्त गर्छ र अनावश्यक गुणहरु गुमाउँछ । अवधि पुगेपछि चाहे अनुसार भए नभएको र ब्यारेल अनुसारको रम जाँच गरी प्याकेजिङ गरिन्छ,” उनले भने ।

कास्कमा धेरै समय राख्दा समेत रम बिग्रन पनि सक्छ, त्यसैले यसको फिनिस गर्ने अवधि, आद्रतातापक्रमलगायत अन्य सूचकहरु पनि विशेषरूपमा विचार गर्न जरूरी हुन्छ ।

मदिरामा प्रयोग हुने काठका भाँडाहरु विभिन्न आकार प्रकारका हुने गर्छन् । केही २० हजारदेखि ३० हजार लिटरका पनि छन् । तर कास्क भने एक सय लिटर, अढाईसय लिटर, पाँच सय लिटर गरी फरक फरक क्षमताको हुन्छ । 
सानो भाँडोमा राखेको रमको काठसँगको सम्पर्क क्षेत्र धेरै हुने पूर्णरुपमा काठमै रहने हुँदा स्वाद राम्रो हुने बताइन्छ ।

cask5-1732765650.JPG
 

त्यसकारण अति विशेष प्रकृतिका रमलाई यसरी कास्कमा राखी यसको परीक्षण, चेकजाँचलगायतका कुराहरू अत्यन्त लगनशीलताका साथ गरिनुपर्ने हुन्छ । यसकारणले पनि यो रम यति विशेषखालको रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिक भयो, तर बजारमा पाइँदैन 

यो रम यसैसाता सार्वजनिक भएको छ । उत्कृष्ट  रमका पारखी, अति प्रिमियम वा माथिल्लो स्तरको रम एवम् अन्य मदिरा खानेहरूलाई लक्षित भएको हुँदा यो प्राइभेट डेलिभरीमात्रै हुने कम्पनीले बताएको छ । 

मासरुपमा बजारमा नजाने भएको हुँदा बजारमा भने यो रम नपाइने कम्पनीले जनाएको छ । यो रमको ७५० मिलिलिटर बोतलको मूल्य दश हजार रुपैयाँ पर्ने जाने उनले बताए ।  ५० वटा कास्कमा रम राखिएको भए पनि अन्तिममा दश वटा ब्यारेलमात्र छनोटमा परेको  उनले बताए । त्यसैले जति बन्छ त्यसलाई नै प्याकेजिङ गरिएको  उनको भनाइ छ ।

करिब पाँच वर्षअघिको योजना

कम्पनीले यो योजना करिब पाँच वर्षअघि देखि सुरू भएको बताएको छ । 

कास्क एजिङ पद्यतीबाट रम बनाउन निकै जटिल हुने भएका कारण यसरी उत्पादित प्रिमियम रम महँगो हुने उनको भनाइ छ ।

शुन्य प्रतिस्पर्धा

नेपालकै काठको कास्क प्रयोग गरिएको स्मुथ फिनिस रमको फ्लेभर प्रोफाइल आफ्नै छ । 

यसको गुणस्तर विश्वका अन्य प्रिमिय रम बराबरको भएका कारण नै विभिन्न देशमा निर्यात गर्ने लक्ष्य र विश्वमा नेपाललाई प्रिमियम रम उत्पादकको स्थान दिलाउन पनि कम्पनीले यसमा लगानी गरेको बताएको छ ।

“यो स्तरको प्रिमिय मदिरा खाने मान्छेहरुले फरक फरक क्याटगोरीको रक्सी प्रयोग गर्छन् । सिंगल माल्ट खान्छन्, प्रिमियम ह्विस्की खान्छन् । उनीहरुकै लागि यो उत्पादन गरिएको हो । त्यसै क्याटगोरीका रम पारखीका लागि यो बनेको हो । तसर्थ बजारमा गएर अरू रम र मदिराहरूसँग प्रतिस्पर्धा हुँदैन,” उनले भने ।

कास्क सिरिज अन्तर्गत अरु एडिसनको रम आउने भएपनि लिमिटेड एडिसन भएका कारण ‘स्मोग्ड  फिनिस’ यो नै पहिलो र अन्तिम हुने उनको भनाइ छ ।

मदिरा जगतमा कास्क एजिङ : इन्नोभेसन र इतिहास

नेपालमै सम्पूर्ण रूपमा नेपाली कच्चा पदार्थहरू प्रयोग गरी पहिलो पटक कास्क एजिङबाट रम उत्पादन गरी यो इन्नोभेसनका क्षेत्रमा नयाँ इतिहास बनाउन सफल भएको कम्पनीको भनाइ छ । 

कास्क सिरिजको सुरुवातका लागि निकै ठूलो लगाव र मेहनत चाहिन्छ । अलिकति पनि तलमाथि भयो भने यसको उत्पादन हुन नसक्ने कम्पनीको भनाइ छ । त्यसले कास्क सिरिजका हरेक बोतलको छुट्टै नम्बर हुने कम्पनीले बताएको छ । 

जसबाट कहिले डिस्टिलेसन गरेको हो, कति नम्बरको बोतल हो, कतिवटा ब्यारेलबाट छानेको हो जस्तो सबै विवरण हुने हुँदा हरेक बोतलले इतिहास बोकेको हुने कम्पनीको भनाइ छ ।

एजिङ प्रासेस एवं कास्कले यसलाई विशेष बनाउँदै अत्यधिक रुचाइने स्मोग्ड फिनिसले नेपालमा नयाँ मानक सेट गर्ने कम्पनीको विश्वास छ । 

जलाइएको कास्कबाट बनेको रममा कास्कको जलेको हिस्साबाट निस्किने गुणहरु मिसिएको हून्छ ।

“यो विशेष टेस्ट प्यालेट र अपस्केलन कन्ज्युमरको लागि हो । अवश्य नै यसको मूल्य दश हजार रुपैयाँ वा प्रिमियम मदिरा भन्ने बित्तिकै अपस्केल उपभोक्ताका लागि हो भन्ने बुझिन्छ,” उनले भने । 

नेपालमै पहिलो पटक यति माथिल्लो रेन्जमा हात हाल्ने वा प्रिमियम रम उत्पादन गर्ने नेपाल डिस्ट्रिलरिजनै पहिलो कम्पनीको भएको उनको भनाइ छ ।

बोतलको नम्बर खोजी गर्दै पारखी

मदिरा पारखीहरुले यो प्रिमियम रमको अग्रिम अर्डर गरिरहेको कम्पनीको भनाइ छ ।  कतिपयले आफ्नो कुनै पेशा व्यवसाय वा अन्य नम्बरका आधारमा सोही नम्बरको बोतलको डिमान्डसमेत गरिरहेको उनले बताए ।

६५ वर्षको इतिहासमा कास्क सिरिजको उदय

नेपाल डिस्ट्रिलरिजको स्थापना सन् १९५९ मा भएको थियो । ६५ वर्ष पूरा गरिरहँदा कम्पनीले अहिले नेपालमै पहिलो पटक सीमित कास्क सिरिजको उत्पादन थालेको हो । अहिले विश्वमै प्रिमियम रमको माग बढ्दै गएको छ । सोही अनुसार कम्पनीहरुले यस किसिमको प्रिमियम उत्पादन थालेका छन् ।

अहिले कास्कमा रम राखेर उत्पादन गर्ने प्रचलन विश्वभरि बढ्दै गएको छ । कास्कका विभिन्न गुणहरुले रमलाई विशेष बनाउने भएका कारण यसको प्रयोग बढ्दै गएको हो । त्यसैले यो सिरिजको सुरुवातसँगै विश्वमाझ नेपाल पनि कास्कमा आधारित प्रिमियम रम उत्पादन गर्ने देश हो भनेर स्थापित हुने कम्पनीको विश्वास छ ।

यो सिरिजको उत्पदनसँगै नेपालमा महँगा रम उपभोग गर्ने व्यक्तिहरुले स्वादमा सन्तुष्ट भइ आफ्नै देशको प्रिमियम रम उपभोग गरे भनेर गर्व गर्न पाउने विश्वास कम्पनीको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro