site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जन्ममितिका आधारमा दल पुरानो हुँदैन : विश्वप्रकाश शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानाको दिन गए भन्नेले धर्ती आफैँ पुरानो हो भन्ने नबिर्सिन चेतावनी दिएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले जन्ममितिका आधारमा दल पुरानो नहुने बताए । 

“पुरानाका दिन गए भनेर दलहरूको पद्धतिविरुद्धमा जाने मनोविज्ञानसँग हामी सहमत छैनौँ । पुरानोका दिन गए भन्ने साथीहरूले बिर्सिएका छन्, यो पृथ्वी आफैँमा पुरानो हो । यो धर्ती आफैँमा पुरानो हो । हामीले बोकेका धर्म ग्रन्थ, देश, कीर्तिपुरको माटो पुरानो हो,” उनले भने, “कुनै पनि भूगोल, कुनै पनि दल, कुनै पनि व्यक्ति, कुनै पनि विचार जन्ममिति पुरानो भएकाले पुरानो हुँदैन । वर्ल्ड इज, गोल्ड भनिन्छ ।” 

उनले नयाँ भन्दैमा असल नहुने धारणा राखे  । “नवीनता विचार, संस्कार, प्रवृत्तिमा हुनुप¥यो । पुरानो भन्दैमा खराब हुँदैन । नयाँ भन्दैमा असल त्यही हो भन्ने हुँदैन,” शर्माले भने ।  

राजनीतिक दर्शन, आर्थिक दर्शन, सामाजिक आयोग यही बोकेर निर्वाचनपछि दर्ता भएका कारणले मात्रै नयाँ भन्ने मनोविज्ञान देखिएको उनको भनाइ छ । सबै दलमा परिवर्तन जरुरी रहेको उनले बताए । 

“हरेकले नवीनता खोजेको छ । पुुरानो पात झर्दै जाने, नयाँ पालुवा पलाउँदै जाने हो,” शर्माले भने । 

उनले कीर्तिपुरमा मेयरका उमेदवार कृष्णमान डंगोललाई जिताउन अपिल गरे । शर्माले संविधान निर्माण र संशोधनको क्षमता कांग्रेसले राख्ने बताए । कांग्रेसले जित्दा सरकार बन्ने भनाइ शर्माको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro