site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको सेयर बजार इतिहासकै उच्चविन्दुमा, पहिलोपटक एक लाख नाघ्यो

काठमाडौं । पाकिस्तान स्टक एक्सचेन्ज (पीएसएक्स) इतिहासकै उच्चविन्दुमा पुगेको छ । बिहीबार पीएसएक्स ९०० अंकले बढेर पहिलोपटक एक लाख अंकमा पुगेको हो । बुधबार पीएसएक्स ९९ हजार २६९.२५ अंकमा बन्द भएको थियो । आज एक लाख २१६ अंकमा पुगेको छ ।

पाकिस्तानको सेयर बजार पछिल्लो दुई दिनदेखि उकालो लाग्ने क्रम जारी छ । नोभेम्बर २६ मा पीएसएक्स ९४,१८० अंकमा थियो । सेयर बजारमा बुधबार सबैभन्दा बढी वृद्धि देखिएको छ । पछिल्लो दुई दिनमा करिब ६ हजार विन्दुको उछाल आएको छ ।

सोह्र महिनाअघि पीएसएक्सको सेयर ४० हजार अंकको हाराहारीमा थियो । यो डेढ वर्ष भन्दा कम अवधिमा २५० प्रतिशतले बढेको छ।

टोपलाइन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सोहेलले पीएसएक्स ९० को दशकको अन्त्यतिर करिब १,००० विन्दु भएको बताए । पछिल्लो २५ वर्षमा सय गुणा बढेको छ । उनले आगामी १० वर्षमा पाकिस्तानको सेयर बजार करिब पाँच लाख अंकमा पुग्न सक्ने बताए ।

आईएमएफको सहयोगसँगै आर्थिक नीतिमा सुधार आएपछि लगानीकर्तामा उत्साह देखिएको उनको भनाइ छ । मुद्रास्फीति र ब्याजदरमा सोचेभन्दा बढी वृद्धि भएका कारण सेयर बजारमा सुधार आएको हो ।

टाइम्स अफ इन्डियाबाट ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro