site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वर्णलक्ष्मी सहकारीबाट रविले व्यक्तिगत र जीबीसँगै ऋण लिएको देखियो !
SkywellSkywell

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पनि जोडिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रमाण संकलनमा काठमाडौं प्रहरी जुटेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) को गोर्खा मिडिया नेटवर्कमा उनैले सञ्चालन गरेको पाँचवटा सहकारीको रकम अपचलन गरेको खुलेको थियो ।

त्यही आधारमा प्रहरीले गोर्खा मिडियामार्फत अपचलन भएका बुटबलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, वीरगञ्जको सानोपाइला सहकारीको रकम अपचलनबारे अनुसन्धान जारी राखेको छ ।

KFC Island Ad
NIC Asia

सहकारीको रकम अपचलन प्रकरणमा गत असोज ६ गते पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी र कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनबारे बयान लिन बुटबल लगिएको थियो ।

छविलाई भने स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन अघिल्लो साता काठमाडौं ल्याइएको थियो । फेरि उनलाई पोखरा नै फर्काइएको थियो । रविलाई भने प्रहरीले सोमबार ल्याउने तयारी गरे पनि अझै ल्याएको छैन ।

Royal Enfield Island Ad

काठमाडौं प्रहरी अधिकारीहरूका अनुसार, स्वर्णलक्ष्मीमा रवि एक्लैको नाममा समेत केही ऋण लिएको देखिएपछि थप प्रमाण संकलन गर्नुपर्ने भएकाले बयानका लागि ल्याउन ढिलाइ गरिएको हो । काठमाडौं ल्याएपछि बयान लिने तयारी प्रहरीको छ । 

ती प्रहरी अधिकारीले भने, ‘‘उनको स्वर्णलक्ष्मीमा के–के छ भनी हेर्नुपर्ने हुन्छ । यही क्रममा नयाँ तथ्य पनि खुलेका छन् । त्यो संकलन गर्दैछौँ । सकेसम्म यही साता ल्याउने तयारी छ ।’’

स्वर्णलक्ष्मीमा रविको भूमिकाबारे अनुसन्धान गर्न काठमाडौं प्रहरीले डीएसपीको नेतृत्वमा छुट्टै अनुसन्धान टिम बनाएको छ ।  उक्त टिमले स्वर्णलक्ष्मीबाट रवि एक्लैको नाममा सवारी–साधन खरिद ऋण र जीबी राईसँग संयुक्तमा अर्को ऋण समेत रहेको फेला पारेको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, रवि लामिछानेले २०७८ भदौ ४ गते सवारी ऋणका रुपमा स्वर्णलक्ष्मी सहकारीबाट एक्लैको नाममा ४६ लाख ७८ हजार रुपैयाँ लिएको खुलेको छ । उक्त रकममध्ये लामिछानेले १४ लाख ५६ हजार ३६७ रुपैयाँ तिरेको पनि देखिएको छ ।

अझै ३२ लाख २१ हजार ६३३ रुपैयाँ तिर्न बाँकी देखिन्छ ।  त्यसबाहेक जीबी र रविको संयुक्त रुपमा अर्को सवारी साधन ऋणसमेत भएको भेटिएको छ ।  उनीहरूले सेभेन सिट भ्यानका लागि थप ४६ लाख ८८ हजार रुपैयाँ ऋण लिएको खुलेको हो । उक्त ऋण भने पुरै तिर्न बाँकी देखिएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘‘ग्यालेक्सीमार्फत् अपचलन भएकाबाहेक रविले सहकारीबाट छुट्ट्रै आफ्नो नाममा रकम लिएको देखिएकाले उनको संलग्नता थप पुष्टि भएको हो । सहकारीको सदस्य नै नरहेका उनले सवारी–साधन ऋण कसरी लिए भन्ने प्रश्न उब्जिएको छ ।” 

कालिमाटीबाट सञ्चालन गरिएको स्वर्णलक्ष्मी सहकारीले अनेक ठाउँमा शाखा विस्तार गरेर बचतकर्ताबाट करिब ३ अर्ब रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये एक अर्ब ११ करोड ८५ लाख रुपैयाँ अपचलन भएको दाबीसहित ६ सय ८० जनाले प्रहरी वृत्त कालिमाटीमा उजुरी दिएका थिए ।

स्वर्णलक्ष्मीमार्फत् ग्यालेक्सी टेलिभिजनमा आएको रकम तिर्न रवि लामिछानेको हस्ताक्षर रहेको १६ थान चेकमार्फत केही ब्याज रकम फिर्ता भएको खुलेको छ ।  उक्त चेकमा हस्ताक्षर रविकै भएको प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट समेत पुष्टि भएको प्रहरी अधिकारीले बताए ।

स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा काठमाडौं प्रहरीले हाल दुई जनालाई पक्राउ गरेको छ । सुनिता नेवा र कमल लामा पक्राउ परेका हुन् । लामा स्वर्णलक्ष्मीका पूर्वसञ्चालक सदस्य हुन् भने नेवा लेखा कर्मचारी ।

प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेका रवि लामिछानेसहितका आरोपीमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान जारी राखेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।

असोज ६ गते पक्राउ परेका पूर्वडीआईजी जोशी थुनामा राखिएको बुधबार ६६ दिन पूरा भएको छ । उनीहरू अझै २४ दिन थुनामा रहनेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro