site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकामा आँधीका कारण चार बालबालिकाको मृत्यु
तस्बिर : एपी ।

कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी श्रीलंकामा चार बालबालिकाको मृत्यु भएको छ । बाढीमा डुबेका अरू चार बालकको उद्धार गरिएको श्रीलंकाली उद्धारकर्मीले बिहीबार बताएका छन् ।

उद्धार टोलीका अनुसार, श्रीलंकामा बाढीका कारण दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बंगालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।

उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यो क्षेत्रका निम्ति पनि चक्रवातको खतरनाक जोखिम रहेको पाइन्छ ।

श्रीलंकाको तट पार गरिसकेपछि उक्त आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ ।

भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पुड्डुचेरी तटवर्ती क्षेत्रमा ७० किलोमिटर प्रतिघण्टासम्मको गतिमा आँधी प्रवाह हुने अनुमान गरिएको छ ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएकाले सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेका जनाएको छ । सरकारले सेनाको सहयोगमा राहत कार्य सुरु गरेको जनाएको छ । विपद् व्यवस्थापन केन्द्रले अझै पनि बेपत्ताको खोजी गरिरहेको उल्लेख गरेको छ ।

दक्षिण एसियाली क्षेत्रले वर्षासँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञले जलवायु परिवर्तनका कारण यस्ता खालका समस्या बढ्दै गएको उल्लेख गरेका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro