साहित्य
काठमाडौं । दक्षिण भारतकी फिल्मस्टार गौतमी तडिमल्लाले उनका पति तथा बलिउड अभिनेता कमल हसनसँगकोे वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको बताएकी एनडीटिभीको अनलाइन संस्करणमा जनाएको छ ।
एक ब्लग लेख्दै गौतमीले उनको यो निर्णय एक दुःखद फैसला भएको भन्दै प्रतिभा शाली अभिनेता कमल हसनको कलाकारको रुपमा सम्मान गरिरहने बताएकी छन् ।
४८ वर्षकी गौतमी तडिमल्ला तथा ६१ वर्षीय कमल हसन करिब १३ वर्ष देखिसँगै रहेका थिए ।
उक्त अवधिमा दुबैले ‘अपूर्व सहोदरारगल’ फिल्ममा सँगै काम गरेका थिए ।
पछिल्लो पटक यी दुवै २०१५को ‘पापनाशम’ मा सँगै देखिएका थिए ।
गौतमीको यस अघि व्यवसायी सन्दीप भाटियासँग सम्बन्ध बिच्छेद भएको थियो जसबाट उनको एक छोरी पनि रहेकी छन् ।
उता कमल हसनको पनि दुई पटक विवाह भएको छ । दोस्रो पत्नी सारिकाबाट उनका दुई छारी—श्रुती र अक्षरा छन् । दुवै अभिनय क्षेत्रमा छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १३:४७
प्रतिक्रिया दिनुहोस्