site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौं । एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । 

अन्तिम दिन ५–अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अन्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले हराउँदै युवा गल्फर राहुलले  करियरको पहिलो उपाधि जितेका हुन् । एमेच्योर गल्फरको रूपमा सूर्य नेपाल टूरको प्रो उपाधि जित्ने उनी पाँचौँ खेलाडी बनेका छन् । अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सदभावविरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । 

उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो । तर पहिलोपटक फाइनलमा ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । बोगीरहित फ्रन्ट नाइन खेले । फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । 

यता, लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगीविरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए । फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पु¥याए । तोरण र राहुल समान ११–अन्डरमा थिए । यसपछि बाँकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो । राहुलले ११औँ र १२औँ होलमा बर्डी प्रहार गरे । 

तोरणले भने १०औँ र १३औँ होलमा एक–एक सट बचाए भने १५औँ होलमा बोगी प्रहार गर्दा १५औँ होलको खेल सकिँदा खेल बराबरीमा पुग्यो । १६औँ होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो । उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७औँ होलमा दुवैले बोगी र १८औँ होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते । राहुलले दाबेदार सदभावलाई पाँच स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते ।

डिफेन्डिङ च्याम्पियन सदभाव आचार्यले समग्रमा ७–अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन–पार ७२ मा खेल सकाए । एमेच्योरतर्फ उनी दोस्रो भए । समग्रमा ३–अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्त रूपमा चौथो स्थान बाँडे । निरजले आज १–ओभर ७३ र भुवनले २–अन्डर ७० मा खेल सकाए । उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहरी र पीजीए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे । चारदिने प्रतियोगितामा कुल नगद पुरस्कार आठ लाख ८२ हजार रहेको थियो । प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरे । सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro