site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले र नेतृत्वविरुद्ध भइहेको चौतर्फी हमालाको जवाफ कीर्तिपुरले दिनुपर्छ : शंकर पोखरेल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि भइरहेको चौतर्फी हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्ने बताएका छन् । बिहीबार कीर्तिपुरको चुनावीसभामा उनले अहिले एमाले नेतृत्वको सरकारमाथि चौतर्फी हमला भइरहेको बताए ।

“यो देशको स्वाधीनता, स्वाभिमान,र राष्ट्रिय हितको पक्षमा उभिएका बेलामा नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा चौतर्फी जुन हमला भइरहेको छ । त्यो हमालको जवाफ अब  कीर्तिपुरका जनताले दिनुपर्छ,” उनले भने ।

उनले कीर्तिपुर देशभक्तहरूको भएको सन्देश दिनुपर्ने बताए । उनले पुराना पार्टीको समय सकियो भन्नेहरूको जवाफ वैशाखमा भएको प्रतिनिधिसभाको उपनिर्वाचनबाट दिइएको सुनाए । 

“पुराना पार्टीको समय सकियो, नयाँ आयो भन्ने स्थापित गर्न खोजिएको थियो । पूर्वले पनि देश बनाउन एमाले चाहिन्छ भन्ने सन्देश दियो । पश्चिमले पनि एमाले चाहिन्छ भन्ने सन्देश दियो ,” पोखरेलले भने । 

उनले राजधानीले अब समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न मेयरका उमेदवार सुरेन्द्र मानन्धरलाई जिताएर कीर्तिपुरले सन्देश दिनुपर्ने बताए । 

पोखरेलले अब देशमा धेरै राजनीतिक दलभन्दा पनि समृद्ध मुलुक बनाउने दलहरू चाहिन्छ भन्ने मान्यता स्थापित गनुपर्ने बताए । देश बनाउने हो भने युवाहरू राजनीतिमा आउनुपर्ने पोखरेलको भनाइ छ । 

“देश बनाउने हो भने अब युवा राजनीतिमा आउनुपर्छ । नेपालमा केही छैन भनेर युवाहरू विदेश पलायनको बाटोमा लागेको छ । एमाले सरकारमा भएको बेला विदेश पलायनको दर घट्ने गरेको छ,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro